फाक्तेप । झापा शिवसताक्षी नगरपालिका ७ फाक्तेप स्थित श्री बालसेवा आधरभुत विद्यालयले आर्थिक वर्ष २०८०/०८१को सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
मङलबार बिध्यालयमा अभिभावकहरुको उल्लेखनीय भेलाको साथमा सामाजिक परिक्षण गरेको हो । सो अवसरमा बिध्यालयका प्रधानध्यपक बेनु प्रसाद कार्कीले १ करोड ३२ लाख८४ हजार ७ सय ३५ बराबरको आय व्यय प्रस्तुत गर्नु भयो । उहाका अनुसार यस आर्थिक बर्षमा अघिल्लो बर्षहरुमा भन्दै धेरै रकम बिध्यालयले कारोबार गरेको र यो बिध्यलय बस खरिद अभियान अतरगतको आर्थिक सहयोग रकमले गर्दा पनि यतिको धेरै हुन गएको प्र अ कार्कीले जानकारी दिनु भयो ।
कार्यक्रममा १ सय १ जना अभिभावकहरुको सहभागिता थियो । पछ्ल्लो समय सामुदायिक बिध्यालयहरुमा अभिभावकहरुको उपस्थिति न्यून रहेको अवस्थामा यस बिध्यालयमा भने यतिका धेरै अभिभावकहरुको उपस्थितिले सामुदायिक बिध्यालयमा चासो बड्दै गएको सकेत भएको हो ।
सामजिक परिक्षण समितिका संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अभिभावकहरुले विभिन्न जिज्ञासा , गुनासो र सुझाब राखेका थिए ।
अभिभावकहरुको जिज्ञासा र गुनासोलाई चाडै सम्बोधन गरिने बिध्यलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले बताउनु भयो ।
उहाको अनुसार बिध्यालयले अभिभावक हरुको माग र बिध्यालयको आवस्यकतालाई महसुस गरि धेरै सहयोगी मनहरु बाट आर्थिक सहयोग सन्कलन गरि स्कुल बस खरिद गर्न सफल भएको र अब बिध्यालय शैक्षिक गुणस्तर वृद्धि तर्फ लम्कि रहेको बताए । र यसको लागि अभिभावकहरुको चासो अनिबार्य रहेको छ अध्यक्ष ल्वागुनले भन्नुभयो ।
शिवसताक्षी नगरपालिकाले नगर कै नमुना बिध्यालयको रुपमा घोषणा गरिसकेको यस बिध्यालयमा कक्षा नर्सरी देखि कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठन पाठन भैइरहेको छ ।
गएको फागुन २४ गते धुमधामका साथ ५०औ बार्षिक उत्सब मनाउन सफल भएको यश बिध्यालयले हाल स्मारिका प्रकासनको तयारीमा समेत जुटेको छ ।
हाल स्मरिकाकोलागी विभिन्न लेख रचना सन्कल्न गर्ने काम भैरहेको र स्मारिका बिमोचन भने ०८१ फागुन २४ गते गर्ने तयरी रहेको बिध्यलयका सहयक प्र .अ. बमबहादुर बुडाथोकीले जान्कारी दिनुभयो ।
२०३० सालमा स्थापना भएको यस बिध्यालयमा स्थानिय आनिपान ( लिम्बू) भाषा कक्षा १ र २ मा अध्यापन भइरहेको बताइएको छ ।