logo
शुक्रबार, साउन २९ २०८३

अनेमसंघ कमल ३ को अध्यक्षमा पुन : देवीमाया


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र २९ २०८१

कमल । नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल महिला संघ  कमल  ३ नम्बर वडा कमिटीको तेश्रो  वडा अधिवेशन  सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ स्थित  दिगम्वेश्वर शिव पाञ्चायन मन्दिरको सभाहलमा सम्पन्न तेश्रो अधिवेशन बाट आगामी कार्यकालका लागी  अध्यक्षमा पुन देवी माया बानियाँ चयन हुनुभएको छ ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा यशोदा भण्डारी सचिव मनमाया कार्की  कोषाध्यक्ष  मिना ओझा समेत सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै कमिटीको सदस्यमा  सरस्वती बानियाँ, कल्पना अधिकारी, सुशीला घिमिरे, शान्ता भट्टराई, पिङकला भट्टराई, थलकुमारी खतिवडा, निखीता भण्डारी, धनमाया बस्नेत,सरिता पोख्रेल, मिना घिमिरे,धनमाया गुरुङ, धनरती चेम्जुङ्ग, रोजी महतरा, मिना पौडेल,ललिता कडेल, प्रमिला घिमिरे वानीया ,अन्जु जोशी , चन्द्रा लावती चयन हुनुभएको नव निर्वाचित वडा कमिटी सचिव मनमाया कार्कीले जानकारी दिनुभयो ।

देवी माया बानियाँको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, प्रदेश लेखा समिती सदस्य  प्रमिला न्यौपाने तिवारी, अनेमसंघ  जिल्ला कमिटी सदस्य  नर्वदा गौतम,सिता निरौला,माण्डुका नेपाल,नानुमया कार्की,ममता गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना सहित नव निर्वाचित कमिटीलाई  बधाई सहित कार्यकाल सफलताको  शुभकामना दिनुभएको थियो ।
 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend