logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले प्रतिनिधी सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको पहिलो बैठक सम्पन्न

यस्ता छन् निर्णय


  • उमानाथ भण्डारी
  • शुक्रबार, भाद्र २८ २०८१

कमल । नेकपा एमाले प्रतिनिधी सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको पहिलो बैठक सम्पन्न भएको छ ।

समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमको संयोजकत्तो तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा ईन्जार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा दमक स्थित पार्टी कार्यलयमा बैठक सम्पन्न भएको थियो ।

परिचयात्मक कार्यक्रम बाट सुरु गरिएको बैठकले निर्णय गर्नु भन्दा पहिले विभिन्न कमिटीका संयोजकहरु बाट रिपोटीङ्ग भएको थियो ।

रिपोटिङ्गका क्रममा सबैभन्दा पहिले निर्वाचन क्षेत्र समन्वय कमिटी सहसंयोजक लिला दाहाल ढुङ्गेलले जिल्ला कमिटीको सर्कुलर प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै पालिका स्तरका विकास निर्माणको रिपोटिङ्गका क्रममा गौरिगंज पालिका बाट पुजन खतिवडा, कमल बाट प्रमिला न्यौपाने तिवारी, दमक बाट लोक बहादुर धिमाल र गौरादह बाट छत्रपति सुवेदी रिपोटिङ्ग गर्नु भएको थियो ।

पार्टि संगठनको रिपोटिङ्गका क्रममा कमल बाट हरि ढकाल, गौरादह बाट जगेन्द्र घिमिरे , दमक राम पौडेल र गौरिगंज बाट पुजन खतिवडाले आ आफ्नो पालिकाको पार्टि संगठनको रिपोटिङ्ग गर्नु भएको थियो ।

त्यस्तै क्षेत्र नम्वर ५ को समग्र विकास योजना जिल्ला कमिटी सचिव तुलसी कार्कीले प्रस्तुत गर्नु भएको थियो ।

समन्वय कमिटीका काम कर्तव्य र अधिकार अन्तर पार्टी निर्देशन ५ र १० निर्देशन कार्यान्वयन सम्वन्धमा जिल्लम कमिटी उपाध्यक्ष शिव ढुङ्गेलले सबै कमिटी सदस्यलाई जानकारी गराउनु भएको थियो ।

बैकठमा कोशी प्रदेश उपसचिव जल बर्षा राजवंशीले शुभकमना मन्तव्य राख्नुभएको थियो भने नेतृत्व विकास सम्बन्धी केन्द्रिय कमिटी सदस्य तथा झापा ईन्चार्ज रोमनाथ ओलीले जानकारी गराउनु भएको थियो ।
बैठक सञ्चालन समन्वय कमिटीका सचिव मित्रदेव काफ्लेले गर्नु भएको थियो भने उपस्थित सदस्यलाई सहसंयोज लिला दाहाल ढुङ्गेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नुभएको थियो ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको पहिलो बैठक द्वारा गरिएका निर्णय

१.  बाँकी रहेका ७ वटै वडाको अधिवेशन असोज मसान्त भित्र र टोल अधिवेशन कार्यविभाजन सहित मंसिर भित्र सम्पन्न गर्ने ।

२.  नविकृत पार्टी सदस्य हरुको विवरण जिल्ला पार्टी कार्यालयमा तत्काल बुझाउने र योग्यता पुगेका लाई पार्टी सदस्यताकालागी सिफारिस गर्ने ।

.  २०८१ को शुभ दिपालीको शुभकाना आदान प्रदान सबै वडामा सम्पन्न गर्ने ।

.  यस अघी सञ्चालनमा रहेका पार्टीका खाताहरु कमिटीको संयोजक नारायण प्रसाद गौतम र सचिव मित्रदेब काफ्लेको संयुक्त दस्तखत बाट सन्चालन गर्ने ।

५.  पार्टीमा फर्कनुहुने सदस्यलाई कामको उपयुक्त जिम्वेवारी प्रदान गर्ने साथै विभन्न पार्टी बाट एमालेमा प्रबेश गर्नेको अभिलेखीकरण गरी कामको जिम्मेवारी तोक्ने ।
६.   कार्यपालिका सदस्यहरु बिच सम्बन्धीत पालिका भित्रै कात्तिक मैना भित्र अन्तरकृयात्मक कार्यक्रम सन्चालन गर्ने र जनसरोकारका विषयहरु एककिृत गर्ने ।
७.   क्षेत्र नम्वर ५ का ईन्चार्ज पार्टी केन्द्रिय सदस्य दिकप कार्की र प्रदेस सभा २ का संयोजक वोधराज न्यौपाने लाई शिघ्र स्वस्थ्यलाभको कामना प्रदानगर्ने ।
सभाध्यक्ष बाट बैठकमा उपस्थित हुनुहुने कमिटी सदस्यलाई धन्यवाद र अनुपस्थितहुने सदस्यको बारेमा जानकारी सहित बैठक समापनको घोषणा ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend