logo
शुक्रबार, साउन २९ २०८३

    कमला मदन आश्रितको विव्यस अध्यक्षमा : बराल 


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र २६ २०८१

कमल । कमल गाउँपालिका २ स्थित श्री कमला मदनआश्रित माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा होम बहादुर बराल चयन हुनुभएको छ ।
भदौ २४ गते सम्पन्न अभिभावक भेला बाट बराल दोश्रो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मती चयन हुनु भएको हो ।
त्यस्तै सदस्यमा अशोक सुब्बा (२ नम्बर वडा अध्यक्ष), कुमार बस्नेत श्रेष्ठ,गोमादेबी पौडेल, पार्वता फुयल, मीनादेवी शर्मा ,धरणीधर गजुरेल (शिक्षक प्रतिनिधी) चयनहुनु भएको विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी अभिभावक भेलाबाट मिन प्रसाद न्यौपानेको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ ।
सदस्यमा दुर्गा अधिकारी सुवेदी, रीना हस्दा,कविता भुजेल,कृष्ण कुमारी दर्जी, चन्दकला दाहाल,लील चाम्लिङ,काशिराम आचार्य चयन हुनुभएको प्रधानाध्यापक दाहालले जानकारी गराउनु भयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend