कमल । नेकपा एमाले कमलले उषा भण्डारीलाई पार्टी सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।
लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व निर्माणका लागि आगामी भाद्र ३१ गते निर्वाचन कार्यक्रम हुने भएको छ ।
सो निर्वाचनमा एमाले,राप्रपा र जसपा पार्टी बिच सहकार्य भई साझा उम्मेद्वारका रुपमा डम्बर बहादुर निरौला अध्यक्ष पदकालागी उमेद्वार दर्ता भएकोमा पार्टी निर्णयको बर्खिलाप हुनेगरी पार्टी सदस्य उषा भण्डारीले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको र सो उम्मेद्वार फिर्ता लिन पार्टी कमिटीले गरेको निर्देशनलाई अवज्ञा गरेकोले पार्टीको विधान बमोजिम साधारण सदस्य समेत नरहने गरि अनुशासनको कारवाही गरिएको नेकपा एमाले कमल गाउँ कमिटी अध्यक्ष हरि ढकाल र सचिव विरेन्द्र अधिकारी द्वार संयुक्त रुपमा हस्ताक्षरी गरी जारी गरिएको प्रेस
विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ । लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सम्पुर्ण उपभोक्ताले कुनै पनि भ्रममा नपरी साझा निर्वाचन परिचालन समितिका साझा उम्मेद्वार डम्बर बहादुर निरौला समेतको पनललाई मतदान गरी बिजयी गराईदिनहुन समेत जारी प्रेस विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।