logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एकीकृत समाजवादीबाट झापाका चारजना निष्काशित


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र ४ २०८१

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले आफ्ना चार जना नेता कार्यकर्ताहरुलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले आज सोमबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको १०औं महाधिवेशन पछि झापाको दमक आसपास छुट्टै गुट भेला गरी पार्टीको आचरण विपरित कार्य गरेको भन्दै ती चारजनालाई निष्काशन गरिएको जनाएका छन् ।

एकीकृत समाजवादीले पूर्व केन्द्रीय परिषद् सदस्यहरु मणि भण्डारी र राजेन्द्र दाहाल, दमक नगर कमिटीका निवर्तमान अध्यक्ष रोशन भण्डारी र पूर्व अध्यक्ष महेश घिमिरेलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

हेर्नुस् प्रेस विज्ञप्ति

 

                                                           

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend