कमल । कमल गाउँपालिका ३ स्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र स्वावलम्बन विकास केन्द्र (सिएसडी) को सहजीकरण तिन दिवसीय उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
संस्थाले सञ्चालक समिति, लेखा समिति तथा सेवा केन्द्र सञ्चालक उपसमितिका संयोजक र सेवा केन्द्र प्रमुखलाई लक्षित गरेर तालिम सञ्चालन गरेको संस्थाका व्यवस्थापक रविन सुब्बाले जनाकारी दिनुभयो ।
तालिममा सहभागी लाई सिएसडीका निर्देशक सतिश श्रेष्ठ, बरिष्ठ अधिकृत रेणु प्रजापति र सरू मगरले सहजीकरण गर्नु हुँदैछ ।
तिन दिन सम्म सञ्चालनहुने तालिम भोलि (मंगलवार) सम्पन्न हुनेछ । 
संस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले गर्नु भएको थियो ।