logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमालेका जनप्रतिनिधिले गरेका प्रतिबद्धता पुराहुनेमा तपाई ढुक्क हुनुहोस् ः स्थायी कमिटि सदस्य घिमिरे


  • विनोद पाण्डे
  • मंगलबार, बैशाख २७ २०७९

अर्जुनधारा, बैशाख २६ । नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा अन्र्तगत शनिश्चरे बजारमा नेकपा एमालेले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता घिमिरेले एमालेका जनप्रतिनिधिले मतदाता समक्ष गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा कुनै संकोच नराखी ढुक्क हुन आग्रह गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले एमालेका उम्मेदवारहरुले जनताको जनादेशलाई सर्बोपरी मानेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न लगनशिल भएर काम गर्ने बताउनुभयो ।

अहिले मुलुकमा चुनावै नचाहने पार्टीहरुले गठबन्धन गरेर स्वार्थकालागि निर्वाचनमा होमीएको उहाँले आरोप लगाउनुभयो ।

जनताले प्रत्यक्ष रुपमा मतदान गरेर स्थानीय प्रतिनिधि चुन्ने सूर्वण अवसर पाँच बर्षमा मात्रै प्राप्त हुने भएकाले योग्य र ईमान्दार उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

नेता घिमिरेले अर्जुनधारा नगरपालिकामा एमालेका तर्फबाट विकासप्रेमी, जनप्रीय, योग्य र ईमान्दार उम्मेदवारहरु चुनावी मैदानमा होमीएको दावी गर्नुभयो ।

उहाँले मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले यसअघि १० नम्बर वडाको वडाअध्यक्ष हुदाँ वडा तथा नगरको विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।

नेता घिमिरेले मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली लगायत ११ वटै वडाका वडाअध्यक्ष र सदस्यहरु गरि ५७ जना उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend