कमल । कमल गाउँपालिका ३ मा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले २६ औं वार्षिकोत्सवको अवसरमा झन्डोत्तोलन र वृक्षारोपण गरेको छ ।
संस्थाले आफ्नो २६ औं वार्षिकोत्सव तथा २७ स्थापना दिवसको अवसरमा केर्खा बजारको चौकमा झन्डोत्तोलन गर्नुका साथै बजारमा रहेको सडक डिभाइडरमा फुलका बिरुवा रोपेको छ ।
संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षता र कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य, लेखा समिति , कर्मचारी ,सुरक्षाकर्मी, सतलोक बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा कर्मचारी लगाएको उपस्थिति रहेको थियो ।
झन्डोत्तोलन र वृक्षारोपण पश्चात कार्यलयमा केक काटेर समेत वार्षिकोत्सवको शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका व्यवस्थापक रविन सुब्बाले सञ्चालन गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
त्यस्तै संस्थाका ११ वटै सेवा केन्द्रमा समेत विविध कार्यक्रम गरेर २६ औं वार्षिकोत्सव तथा २७ स्थापना दिवस मनाएको संस्थाले जनाएको छ ।