logo
मंगलबार, कार्तिक ११ २०८३

कमलमा घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठी सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, असार ७ २०८१

     
 कमल ।  कमल गाउँपालिका ३ केर्खामा रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा  सामाजीक विकास  मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा  दुई दिने घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठी सम्पन्न भएको छ ।

कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालय र  वडा नम्बर ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा गोष्‍ठी सम्पन्न भएको थियो । गोष्‍ठीमा विद्यालयमा कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत विद्यार्थी सहभागी  रहेका थिए ।

सहभागी विद्यार्थीलाई हिंसाको परिभाषा, घरेलु हिंसा भनेको के हो  र कानुनी उपचार के हुन् सक्छ, यौन दुर्व्यववहार र बलात्कार भनेको के हो र यसको कानुनी व्यवस्था , महिलाका संवैधानिक अधिकार र बाल विवाह ,बहुविवाह  लगायतका      बारेमा  अधिवक्ता लक्ष्मी खनाल कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

हामीले समान्य कानुनी कुरा जान्नु पर्दछ। कुनै गल्ति गरेमा मलाई कानुन थाहा छैन भनेर उम्कन पाइदैन त्यसैले । हामी कानुनमा धेरै पछाडि भएकोले पनि समाजमा विभिन्न घटनाहरु घट्ने गरेको  कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले   बताउनु भयो ।

उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको सञ्चालन  केन्द्रकी  उपाध्यक्ष देवमाया वाग्लेले  गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend