कमल । कमल स्काउटको आयोजनामा सञ्चालित दल नायक (ट्रुप लिडर) तालिम अन्तर्गत दोश्रो दिन क्याम्प फाएर सहित विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकामा स्काउट सञ्चालन भएका १२ वटा विद्यालयका स्काउट विद्यार्थी सहभागी रहेको दल नायक तालिममा सहभागी स्काउटरले क्याम्प फाएर सहित गायन,नृत्य नाटकका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनोरन्जन गरेका थिए ।

कमल स्काउटका आयुक्त गुणराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष तथा कमल स्काउटका स्थानीय प्रमुख प्रमिला न्यौपाने तिवारी, र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले यस्ता तालिमले विध्यार्थीको जिवनमा औपचारीकका साथै अनौपचारीक शिक्षा प्रदान गर्दै अनुशासित , लगनशिलता मेहनती बनाउनमा सहयोग पुग्ने बताउनु भयो ।
कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सञ्चालन भएको दल नायक तालिममा सहभागी विद्यार्थीलाई नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य अरुष बस्नेत , कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक अविभावक , स्काउट शिक्षक, लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रम नेपाल स्काउट प्रदेश परिषद सदस्य माया सिवाकोटी तथा तालिममा सहभागी विध्यार्थी रोशन ढकाल र दीपा विकले सञ्चालन गर्नु भएको थियो ।