logo
बुधबार, कार्तिक १२ २०८३

कमल –२ का वडा अध्यक्षका उम्मेदवार बस्नेत सबैका पृय नेता


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख २२ २०७९

कमल गाउँपालिका २ नम्वर वाडका अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार धन बहादुर बस्नेत भविष्य बोकेका एक सशक्त नेता हुन् । बुबा भक्त बहादुर बस्नेत र आमा मन्डुपाकुमारी बस्नेत कोख बाट विक्रम सम्वत् २०२१ साल जेठ १५ गते तत्कालीन खोटाङ्ग जिल्लाको अर्खैले गाविसको वडा नम्वर ३ हाल हलेसी तुवाचुङ्ग गाउँपालिका मा जन्मनु भएका बस्नेतले २०३६ साल बाट अखिल को प्रारम्भिक कमिटी बाट वाम राजनीति सूरु गर्नु भएका बस्नेतले २०४१ देखी २०४३ सम्म राजविराज स्थित विन्देश्वरी क्याम्पसमा प्रारम्भिक कमिटीमा बसेर अखिलको राजनीति सुरु गर्नु भएको थियो ।
वि.ए.÷ वि.एड. सम्मको अध्ययन पुरा गर्नु भएका बस्नेत शैक्षिक तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध हुनुहुन्छ । ३४ वर्ष ३ महिना सरकारी विध्यालयमा अध्यापन गरी शैक्षिक अवकाश लिएर बेसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमल गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्षको उमेद्वर बन्नु भएको छ ।
बस्नेत संग शैक्षिक तथा सामाजिक संघ सस्थामा लामो अनुभव रहेको छ । वहाँ अवद्ध संघ सस्थामा नेकपा एमाले तोपगाछी गाउँकमिटीको उपाध्यक्ष १ कार्यकाल, गाउँकमिटी सदस्य ३ कार्यकाल, वडा कमिटी सदस्य २ कार्यकाल, लगाएत शिक्षक महाँसंघ शिवसताक्षी को सदस्य, शिक्षक संगठन झपाको आजिवन सदस्य लगायत लगायत आधादर्जन भन्दा बढी संघ सस्थामा आवद्ध हुनुहुन्छ ।
आफ्नो विचार प्रष्ट राख्ने र योजना अनुरूपका कामलाई सम्पन्न गर्नेे बानी छ । वार्डवासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका छन् । वार्ड नं. ३ का एमाले कार्यकर्ताहरूमा उनको बलियो पकड छ भने शिक्षक, मजदुर, पत्रकार, बुद्धिजीवी, रिक्सावाला, व्यापारी, व्यवसायीसँग पनि उनको घनिष्ठ सम्बन्ध छ । त्यसैले वहाँलाई बहुमत कार्यकर्ताले वार्ड अध्यक्षको उम्मेदवार उठाउने प्रस्ताव गरेपछि पार्टी नेतृत्वले पनि जनभावनालाई बुझेर कार्यकर्ताको निर्णयलाई स्वीकार ग¥यो ।
वहाँले वाड अध्यक्षको टिकट पाए पछी युवाहरूसँग मिलेर चुनाव प्रचारप्रसारमा जुटिरहनु भएको छ । उनलाई वाड सदस्यमा साथ दिने उम्मेदवारहरूमा, दुर्गा अधिकारी, दानबहादुर कार्कि , चन्द्रकला भट्टराई ढकाल र फुलमाया दर्जि पुरा सहयोग छ, त्यति मात्र होइन वार्ड नं. २ का एमाले नेताहरूको लगायत सयौं कार्यकर्ताको पूर्ण साथ र सहयोग छ ।
अहिले पनि वार्ड नं. २ को कुन टोलमा कस्तो समस्या छ र काम कसरी अघि बढिरहेको छ भनेर उनी चिन्तनशील हुनुहुन्छ । वहाँ भन्नुहुन्छ , ‘राजनीति भनेको जनताको सेवा हो, यो पनि एक प्रकारको सामाजिक सेवा नै हो ।’ आफ्नो ५ वर्षे वाड अध्यक्षको कार्यकालमा सदैव जनताको हितमा काम गर्ने वहाँको भनाई छ ।सबैका प्रिय मृदुभाषी कसैलाई भनेर बिझाउनेभन्दा पनि उसलाई सहयोग गरेर मीठो वचनले रिझाउने बस्नेतको बानी छ ।
दूरदृष्टि, जनसम्पर्क, व्यक्तित्व, सत्य र न्यायप्रतिको निष्ठा, जनतासँगको घुलनशीलता र जवाफदेहिता नेतृत्वका गुण हुन् ।सबै तह, तप्का, वर्ग, धर्म र जातका मानिससँग उत्तिकै सम्बन्ध राख्ने, जनसरोकार, चासो र समस्या बुझ्न सक्ने र समस्या हल गर्न समाधानकर्ताको गुण रहेको छ । नेकपा एमालेले बोकेको सामाजिक रूपान्तरणका लागि परिवर्तनका वाहक बन्न सक्ने खुबी वहाँमा छ । जीवनका हरेक क्षेत्रमा पारदर्शिता कायम राख्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने गरी काम गर्ने उनको सङ्कल्प छ ।
बस्नेतका मुख्य एजेन्डा ?
कमलको आर्थिक, शैक्षिक र राजनीतिक केन्द्र मानिने वार्ड नं. २ र विशेषगरी शहरउन्मुख क्याम्पा र समायगढ बजारलाई व्यवस्थित शहरको रूप विकास गर्ने, हचुवामा बजेट विनियोजन गर्ने परम्परालाई रोक्ने र प्राविधिक नक्साङ्कन, रूपाङ्कन र अनुमानित लागतको आधारमा मात्र बजेट छुट्टाउने पद्धति शुरु गर्ने वहाँ बताउनुहुन्छ ।
पूर्वाधार निर्माण लगायतका विनियोजित बजेट खर्च गरी फस्र्याैटका लागि उपभोक्ता समितिलाई समस्या परिरहेकाले सहजीकरणका निम्ति वाड कार्यालयमा जनशक्तिको सो काममा सहयोग निम्ति व्यवस्था गरिने । ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेलाई भत्ता प्राप्त गर्न कठिनाइ भएकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिने एकल महिलाका लागि सीपमूलक तालिमको आयोजना गर्ने र स्वरोजगार सृजनाका लागि वातावरण बनाउने र युवालाई उद्यमी बन्न र उत्पादनमूलक काममा सहभागी हुन प्रेरित गर्ने , वार्डका योजना निर्माण र कार्यान्वयनमा सबैको सहभागिता सुनिश्चित गर्ने र वार्डबाट गरिने प्रशासनिक कार्यमा सबै तहका जनताको समान पहुँच स्थापित गर्ने वातावरण बनाउने ,नागरिकता ऐन अनुसार नागरिकता पाउन योग्य वडाका सबै नागरिकलाई बिना भेदभाव नागरिकता प्राप्तिका लागि सहजीकरण गरिने, वडामा रहेका विध्यालयको शैक्षिक पठनपाठन र गुणस्तरीय बनाउन वार्ड कार्यालयको तर्फबाट आवश्यक सहयोग , सडकलाई स्तरउन्नती सहति कालोपत्र्रे गर्ने र स्वच्छ खानेपानीको सेवा विस्तारका लागि पहल गरिने बस्नेतको योजना रहेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend