कमल । झापाको कमल गाउँपालिका ४ मा लागु औषध तथा मादक पदार्थ विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउाँपलिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शान्त जीवन प्रतिष्ठान नेपालको संयोजनमा तालिम सञ्चालन भएको हो ।
वडा नम्बर ४ स्थित विद्यालयमा अध्यायनरत कक्षा ९ देखी माथि अध्यायनरत २ सय जना विद्यार्थीलाई प्रतिष्ठानका तर्फ बाट रोशन भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
४ नम्वर वडा सदस्य नविन राईको अध्यक्षतामा जेठ २२ गते देखी सुरु भएको तालिम वडाका विभिन्न विध्यालय तथा लागु औषध प्रयोग कर्ताहर बढी भएको स्थानमा सञ्चालन भएको वडा कार्यालयले जनाएको छ ।