logo
मंगलबार, कार्तिक ११ २०८३

दमकको कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले बृक्षरोपण सहित बुझायो बिद्यार्थीलाई बोट बिरुवाको महत्व


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ २३ २०८१

 

दमक/ झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा बिभिन्न कार्यक्रम गर्दै वृक्षरोपण सहित वातावरण दिवस मनाएको छ ।

 

विद्यालयमा अध्यनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा बकतृत्पकला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै वातवरण दिवस मनाएको हो

विद्यार्थीहरुले रतुवा किनार तथा बाल विकास परिसरमा विभिन्न जातका बिरुवाहरु रोपेका थिए । कर्नस्टोन फाउण्डेसन स्कुलले बिद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक शिक्षा प्रदान गरिहेको विद्यालयका संथापक प्रधानाध्यपक युवराज गजमेरले बताउनु भयो।

बिद्यार्थीहरुलाई फिल्डमा नै लगेर बोट विरुवाको महत्वको बिषयमा सिकाउदै बृक्षरोपणबारे जानकारी गराएका हौ, गजमेरले भन्नुभयो ।

विद्यालयमा जे सिकाईन्छ त्यो प्रयोगात्मक विधिबाट गराईने गरेको छौ। यो बिद्यालय दमककै नमुना बिद्यालय मानिन्छ  भएको समेत गजमेरले बताउनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend