डुडामारी । झापाको शिवसताक्षी ८ स्थित टोल नम्बर १ को घरहरुमा लिम्बु भाषा लिपीबाट निवास लिखिएको बोर्ड हरु धमाधम राख्न थालिएको छ ।

स्थानीय समाजसेवी युवा हाल हङकङमा कार्यरत चापेता सेर्माको आर्थिक सहयोग तथा योजना अनुसार आनिपान यक्थुङ्ग लिपिमा बोर्डहरु राखन थालिएको हो ।
पछिल्लो समय याक्थुङ्ग आनि पान ( लिम्बू लिपि भाषा,) संरक्षण र उजागर गरौ भन्ने उदेश्यले यस्तो काम थालिएको चपेता सेर्मा को भनाइ छ । वहाको अनुसार यो लिपि भाषा लोप हुँदै गइरहेको अवस्थामा मुख्यत याक्थुङ्ग समुदाय ले,अनिवार्य जान्नुपर्छ भन्ने अभियान हो । यो सङै इच्छुक हरेक समुदायले पनि बुझ्नु वा जान्न उपयुक्त हुन्छ उहाले भन्नु भयो ।
अहिले यो बोर्ड लिम्बु लिपिमा टासिरन्दा यो कुन अक्षर हो,कसैले मात्रै सोधे मा यो चै याक्थुङ्ग ( लिम्बू लिपि) हो भनेर चिनाउन पनि योएक उपलब्धी रहने ब्ताउनु भयो । बिभिन्न सामजिक कार्यमा निक्कै स्कृय चपेता सेर्माले आफ्नो जन्मभुमि र जन्म क्षेत्रमा बिभिन्न शिर्षकमा आर्थिक सहयोग साथै सकारात्मक शुझाब सल्लाह दिदै आउनु भएको छ ।
लिम्बु लिपि बोर्ड हाल सम्म करिब १ सय बडि घरमा टास गरि सकिएको छ । डुडामारी बजार दक्षिण जुङे चोक देखि सेर्मा चोक हुदै सिमाना चोक सम्म र बिकास चोक देखि फुलबारी चोक सम्म यो लिपिको बोर्ड टास गरि सकिएको बताइएको छ । चाडै जुङ्गे चोक हुदै माङ्हिम टोल देखि दक्षिण इमानसिङ चोक र सिमाना चोक हुदै तुम्देन चोक उत्तर तर्फ बनेनि बाद र तुम्देन चोक हुदै दक्षिण बनेनी खोला पुल सम्म को घरहरुमा यस्तो बोड राख्ने योजना रहेको जनाइएको छ ।
यस्ता बोर्डहरुमा क्रमश ल्वागुन निवास( हिम,) ,खत्री निवास,(हिम),आन्देम्बे निवास(हिम),,सेर्मा(हिम),सम्बाम्फे,लावती,नेम्बाङ,निङ्ग्लेकु तुम्रोक,,ओझा रोक्का , भट्टराई , अधिकारी, श्रेष्ठ ,आचार्य ,रिजाल,मगर, आदि ,,इत्यादी बोर्डहरु लिम्बु लिपिमा लेखेर टास गरि सकिएको छ ।
त्यसैगरी शिवसतक्षी ११ स्थित सेर्मा टोलमा पनि सेर्मा बस्तिमा सेर्मा हिम लेखेर टास गर्ने कार्य तिब्र रुपमा भैइरहेको ठाकुरसिह सेर्माले जानकारी दिएका छ्न । लिम्बु भाषा लिपि बद्द यस्तो बोर्ड टास गर्नाले गाउको पहिचन र लिपिको सम्रक्षण र प्रबर्धन हुने स्थानीय अग्रजहरुको भनाइ छ । चपेता सेर्माको यस लिम्बु भाषा लिपि अवधारणा प्रसङ्स योग्य रहेकोले सबैले साथ र सहयोग गर्नु पर्ने स्थानीय अगुवा हरुले बताएका छ्न।