logo
शुक्रबार, साउन २९ २०८३

“ कमलमा १२ औं अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइयो”


  • उमानाथ भण्डारी
  • आइतबार, असार ७ २०८३

कमल । १२औं अन्तराष्ट्रिय योग दिवस आज विश्वर विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

“स्वास्थ्य वृद्धावस्थाका लागि योग” भन्ने नाराका साथ आज विश्वभर दुई सय भन्दा बढी राष्ट्रले विभिन्न कार्यक्रम गरेर योग दिवश मनाएको छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ तारिख देखी विश्वभर योग दिवस मनाउन थालिएको हो ।

यसैक्रममा नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर १२औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।

योग दिवस मनाउने क्रममा पतञ्जलि योग समिति कमलले विहिन प्रोटोकलका अम्यास सकेर योग सम्बन्धि सचेतना जगाउने विभिन्न नारा लेखीएका प्लेकार्ड सहित सिंहदेबी साधना केन्द्रमा दिवश मनाएको पतञ्जलि योग सकिति कमलका अध्यक्ष तिलोचन गौतमले बताउनु भयो ।

यसैक्रममा कमल ६ स्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले समेत १२ औं अन्तराष्ट्रिय योग दिवस आज विश्वर मनाएको छ ।

अस्पतालको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षा अस्पतालका निर्देशक डा. रविन्द्र निरौलाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा विभिन्न रोग सम्बन्धि अभ्यास गराउनुका साथै मानव जिवनमा योगले पुर्याउ फाईदाका बारेमा सचेतना मुलक कार्यक्रम सन्चालन गरिएको अस्पतालका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो ।

अस्पतालले आयोजना गरेको कार्यक्रकमा ७० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।
त्यसैगरी पपतञ्जलि योग समिति दमक नगरको व्यवस्थापन रहेको कार्यक्रम दमक ८ स्थित आग्र्यानिक साधना केन्द्रमा सम्पन्न भएको थियो ।

प्रोटोकल अभ्यासका साथै आयोजना गरिएको कार्यक्रममा सचेजतान मुलक नाटक प्रदर्शन प्रदर्शन गर्नुका साथै प्लेकार्ड सहित दमक चौक परिक्रमा गरिएको थियो पतन्जलि योग समिति दमक नगर समितिले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend