logo
मंगलबार, कार्तिक ११ २०८३

इलामको चुलाचुलीमा योग शिविर सञ्चालन


  • कुइनेटो न्युज
  • बिहिबार, असार ४ २०८३

चुलाचुली÷ इलामको चुलाचुली गाउपालिकामा योग शिविर सन्चालनमा आएको छ ।
चुलाचुली गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा पाताञ्जल योग समिति दमकको प्राविधिक सहयोगमा योग शिविर सन्चालनमा आएको हो ।

पछिल्लो समय मानिसमा विभिन्न समस्या आउन थालेको र त्यसको न्युनिकरणको एक मात्र उपाय भनेको नियमित योग अभ्यास भएकोले गाउँपालिका स्थित स्वास्थ्य शाखाले योग शिविरको आयोजना गरेको हो ।
दैनिक योग अभ्यासले मानिसमा हुने खानपान आहार विहारमा परिवर्तन ल्याउनुका साथै विभिन्न समस्या समस्य न्युनिकरण हुने योग शिक्षक हेमन्ति गजुरेल बताउनुहुन्छ ।

२०८३ साल जेष्ठ २७ गते देखी सुरु गरिएको योग शिविर आगामी असार १५ गते सम्म दैनिक बिहान ५ बजे देखी ७ बजे सम्म गाउँपालिकाको प्राङणमा सन्चालन हुने छ ।

गाउँपालिकाको वडा नम्बर १ कमल बाट शिविरमा आउनु भएकी जनता माध्यमिक बिद्यालय कि शिक्षिका लक्ष्मी सुब्बा लिम्बुले पहिलो पटक योग अभ्यासमा सहभागी हुँदा शारिरिक तथा मानशिक रुपमा निकै सुधार भएको बताउनु भयो ।
त्यसैगरी बालज्योती माध्यमिक विध्यालय चुलाचुली ४ का प्रधानाध्यापक रुद्र प्रभात गिरीका अनुसार नियमित योग साधनाले मानिमा हुने विभिन्न समस्यालाई न्युनिकरण गर्नुका साथै बुढ्यौली पन संगसंगै आउने विभिन्न समस्यामा समेत सुधारहुने बताउनुहुन्छ ।

पछिल्लो समय खानपानले नेपालीहरु हरुको शरिर बिगारिराखेको त्यसमा झन एलोपेथिक औषधी प्रयोगका कारण रोगहरु दिनानुदिन बढदै गएक कारण योग साधनाले सुगर,प्रेशर,थाइराइड,प्रोष्टेड लगायत का रोगहरु नियन्त्रण गर्ने गरेकाले योगको महत्व अतन्तै धेरै रहेको बताउनु हुन्छ चुलाचुली मा सन्चालित योग शिविरका योगगुरु अम्बर बहादुर बस्नेत ।

योग साधनाको इतिहास हजारौ वर्ष पुरानो भएता पनि महर्षी पतञ्जलीले योगसुत्र मार्फत योग साधना लाई सबै माझ पुर्याउनु भएको हो ।
नियमित योग अभ्यास मार्फत ब्यायाम,श्वासप्रश्वास,ध्यान,अनुशासनले मानिसको मन, शरिर र आत्मालाई सन्तुलित र स्वस्थ्य बनाउन ठुलो सहयोग गर्दछ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend