इटहरी । इटहरी उपमहानगरपालिकामा एचआईभी÷एड्स, यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाकोले सडक आसपास क्षेत्रका स्थानियलाई लक्षित गरेर एचआईभी÷एड्स, यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रम सन्चालन गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजनाअन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा ईडहरी उपमहानगरपालिकाको वडा नं. ४, ५, ६, १६ र १७ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी सचेतना मुलक कार्यक्रम गरिएको ।
कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट कामदारको आवागमन बढ्दा महिला, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुव्र्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने भएकोले एचआईभी÷एड्स तथा यौन रोगबाट बच्न समयमै परीक्षण, उपचार र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समहभागीलाई स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी÷एड्स तथा यौन रोगसम्बन्धी जानकारी गराउनु भएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीकी प्रहरी नायव निरीक्षक कोपिला भुजेलले मानव बेचबिखनका जोखिम तथा सुरक्षाका उपायबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले सडक निर्माणका लागि विभिन्न देशबाट कामदारहरू आउने भएकाले सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी आयोजनासँग सम्बन्धित निकायहरूले पनि यस विषयमा गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै सहभागीहरूलाई कार्यक्रमबाट प्राप्त जानकारी समुदायका अन्य व्यक्तिसम्म पु¥याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका, काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो ।
विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरीका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको हुँदा इटहरीमा सम्पन्न कार्यक्रमसँगै तीन जिल्लाका १३ वटा पालिकामा यस्ता कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
सडक निर्माण क्षेत्र आसपास लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक छेउका ६० स्थानमा साइनबोर्ड राख्ने लक्ष्यअनुसार झापा, मोरङ र सुनसरीका करिब ६० स्थानमा साइनबोर्ड स्थापना गरिसकिएको समेत आयोजकले जनाएको छ ।
त्यसैगरी आयोजनाअन्तर्गत सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयका शिक्षक तथा विद्यार्थी र सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ ।