logo
शनिबार, कार्तिक २९ २०८३

विश्व वातावरण दिवसको अवसरमा नवोदय द्वारा वृक्षा रोपण


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ २२ २०८३

कमल । विश्व वातावरण दिवसको अवसरमा नवोदय सहकारी संस्थाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघको अगुवाईमा सन् १९७३ देखी हरेक वर्ष जुन ५ तारिखका दिन दिवस मनाउन सुरु गरिएको हो ।

सोही अवसरमा सहकारी संस्थाले आज वृक्षरोपण कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाएको हो । सहकारी सस्थाले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले कमल ३ स्थित केर्खामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले २० वटा शिरीषका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विक्षारोपण गरेको हो ।

संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय बढ्दो वातावरणीय प्रदूषण, वन विनाश तथा जलवायु परिवर्तनका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न वृक्षरोपण महत्वपूर्ण माध्यम भएको सस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षले वातावरण संरक्षण केवल सरकारी सस्थाको दायित्व मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक रूपमा योगदान पु¥याउने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले बताउनु भयो ।

सहकारी संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि पनि संस्थाले सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले बताउनु भयो ।

विशेषगरी शिरीषको बिरुवा छिटो बढ्ने, पर्याप्त छायाँ दिने तथा वातावरणमैत्री रूखका रूपमा परिचित भएकाले यसको छनोट गरिएको सस्थाले जनाएको छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ मा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्ष पनि वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेर वातावरण दिवस मनाईएको छ ।


नवोदय सहकारी संस्था लिमिटेडले वातावरण संरक्षणका यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ । संस्थाका अनुसार आर्थिक समृद्धिसँगै स्वच्छ, हरित र वातावरणमैत्री समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोले वृक्षरोपण जस्ता अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आगामी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने सस्थाले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend