कमल । झापाको कमल गाउँपालिका स्थित कमल नगर अस्पतालमा आँखा सेवा शुभारम्भ भएको छ ।
कमल गाउँपालिका तथा मेची आँखा अस्पताल विर्तामोडको संयुक्त सहकार्यमा आज बाट कमल नगर अस्पतालमा दैनिक आँखा स्वास्थ्य ओपिडि सेवाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारीक रुपमा आँखा सेवा सञ्चालन भवनको उद्घाटन गरे संगै आँखा स्वास्थ्य परिक्षणको सेवा शुभारम्भ भएको हो ।
कमल वासी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित सञ्चालनमा ल्याएको अस्पतालमा आज बाट आँखा स्वास्थ्य परिक्षणको सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
कमल बासी आम नागरिकलाई आफ्नै पालिकाको अस्पतालमा सबै सेवा उपलब्ध गराउनकालागी हामिलागी परेका छौ । यस अधि अस्पतालमा दन्त सेवा थाप गरिएको थियो भने आज बाट आँखा परिक्षण सेवा समेत सुरु गरिएको यस बाट आम नागरिकलाई धेरै फाईदा पुग्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कमल नगर अस्पतालबाट आजदेखि दैनिक रूपमा आँखा जाँच तथा उपचार सेवा सुरु गरिएको जानकारी गराउदै आगामी दिनमा स्थानीय नागरिकले सामान्य आँखा परीक्षण देखि दृष्टि सम्बन्धी समस्या पहिचान तथा प्रारम्भिक उपचार सेवा आफ्नै गाउँपालिकाभित्र सहज रूपमा प्राप्त गर्न सकिने प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकालले बताउनु भयो ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि निवाचित जनप्रतिनिधीको सक्रियतामा तोपगाछी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी बीमा सेवासहितको “कमल नगर अस्पताल” सञ्चालनमा ल्याइएको थियो ।

त्यसयता अस्पतालले निरन्तर सेवा विस्तार गर्दै आएको छ । यसअघि अस्पतालमा दन्त सेवा सञ्चालनमा ल्याइसकेको कमल नगर अस्पतालका प्रशासन प्रमुख कुशाल श्रेष्ठले बताउनु भयो ।
अस्पतालमा दैनिक रूपमा मेची आँखा अस्पताल का प्राविधिक द्वारा आँखा जाँच तथा उपचार सेवा प्रदान गरिने छ । आँखा परिक्षण सेवा सुरु भए संगै क्षेत्रका नागरिकलाई विशेषज्ञ स्तरको आँखासम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन गाउँपालिका लागिपरेको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताउनु भयो ।
स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन अस्पतालको पूर्वाधार विकास, उपकरण व्यवस्थापन, सेवा विस्तार तथा दक्ष जनशक्ति सुदृढीकरणमा निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।