logo
शुक्रबार, साउन २९ २०८३

कमलमा भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि वितरण अभियान प्रभावकारी बन्दै


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख ७ २०८३

कमल । झापाकाे कमल गाउँ पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि वितरण अभियान प्रभावकारीरूपमा सञ्चालनमा रहेकाे छ ।

बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष वैशाख ६ र ७ गते देशैभर राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि वितरण अभियान सन्चाल हुदै आएको छ ।

यसै कममा कमल गाउँपालिकामा हिजाे र आज सन्चालनमा रहेको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि वितरण अभियान गत वर्षको तुलनामा प्रभावकारी बन्दै गएकाे रूपमा सन्चालन भएको स्वास्थ्य शाखाका प्रमुख दपक दाहालले बताउनु भयाे ।

गाउँपालिकाभरका स्वास्थ्य संस्थाहरू, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू तथा खोप केन्द्रहरू मार्फत सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी अैाषधी वितरण गरिएको थियो।

कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल वितरणसँगै जुकाको औषधि खुवाइएको थियो, जसले बालबालिकामा देखिने कुपोषण, रगतको कमी तथा विभिन्न संक्रमणजन्य रोगहरू न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको शाखा प्रमुख दाहालले बताउनु भयाे ।

कार्यक्रमकै क्रममा सहभागी बालबालिकाको मिड-अपर आर्म सर्कम्फरेन्स (MUAC) अर्थात् पाखुराको घेर मापन गरी पोषण अवस्था परीक्षण गरिएको थियो। यस विधिबाट कुपोषित तथा जोखिममा रहेका बालबालिकाको पहिचान गर्न सहज भएको स्वास्थ्यकर्मीहरूले बताउनु भएको छ ।

पोषण जाँचका क्रममा आवश्यक परामर्श दिइनुका साथै गम्भीर अवस्थामा देखिएका बालबालिकालाई थप उपचारकालागि सिफारिस गरीएकाे थियाे ।


नियमित रूपमा सञ्चालनमा रहेका कार्यक्रमले बालबालिकामा हुने भिटामिन ‘ए’ को कमी, कुपोषण, जुकाको संक्रमण तथा अन्य स्वास्थ्य समस्याहरू न्यूनीकरण गर्न सहयोग पुर्‍याउँदै आएको छ।

विशेषगरी ग्रामीण क्षेत्रका बालबालिकामा पोषण तथा स्वास्थ्य सेवामा पहुँच बढाउन यस्ता अभियानहरू प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएकाे स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend