logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख ६ २०८३

कमल / झापाको कमल गाउँपालिकामा  आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कमल गाउँपालिका ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको आयोजना  ,एन्जल फाउन्डेसन उर्लाबारीको समन्वयमा तथा फरिस्ता क्लिनिकको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरमा उपस्थित सेवाग्राहीहरूको डाक्टर रोशन कुमार शाह र डाक्टर विश्व जित रायको प्राविधिक टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।

शिविरमा उपस्थित ४० जना भन्दा बढी बिरामीको  पायल्स,फिसर, फिस्टुला लगायतको स्वास्थ्य परीक्षण गरीएकाे केन्द्रका अध्यक्ष
दुर्गा प्रसाद नेपालले  जानकारी दिनभया ।

शिविरमा उपचार सम्भव नभएका पाँचजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको शिविर प्रमुख अस्मिता शर्मा ले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend