logo
शुक्रबार, साउन २९ २०८३

कमल २ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र २६ २०८२

कमल ।झापाको   कमल गाउँपालिका २ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

वडा कार्यलयमा आज एक औपचारिक कार्यक्रमकाे आयाेजनागरी  वडालाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हाे ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड अनुसार वडा भित्रका लक्षित सबै बालबालिकाले निर्धारित उमेर अनुसारका सबै  प्रकारका    खाेप हरू प्राप्त गरेको सुनिश्चित भएपछि उक्त वडा पूर्ण खोप वडा घोषणा गरिएको हो। साथै, आगामी दिनहरूमा पनि खोप सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दिगोपना सुनिश्चित गरिएको  वडा सचिव सागर दाहालले बताउनु भयाे ।


कार्यक्रममा कमल गाउँपालिका २ नं वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वडाध्यक्ष असोक सुब्बाले खोप कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहकार्यले वडालाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको बताउनु भयाे ।

वडा स्तरमा घरदैलो अभियान, नियमित अनुगमन, अभिलेख व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिताका कारण यो उपलब्धि हासिल गर्न सम्भव भएको कमल नगर अस्पतालका प्रशासन प्रमुख  कुशल श्रेष्ठले बतनउनु भयाे ।


वडा कार्यालयलाई आगामी    दिनमा समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना तर्फ उन्मुख   गराउन सबैकाे सकिय  सशभागिता रहने बताउदै  कार्यकममा उपस्थित सहभागीले   प्रतिवद्धता पत्रमा दस्तखत गर्नु भएको थियाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend