कमल । झापाको कमल गाउँ पालिकामा सुत्केरी आमाहरूका लागि पोषिलो खाद्यान्न वितरण गरीएकाे छ ।
आज एक कार्यक्रमका बिच २ नम्बर वडामा रहेका सुत्केरी आमाहरूका लागि लक्षित गरेर पोषिलो खाद्यान्न वितरण गरीएकाे हाे ।
कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारि तथा वडा सद्स्य कल्पना राईले सुत्केरी आमाहरूलाई पोषणयुक्त खाद्यान्न सामग्री वितरण गर्नु भएकाे कमल नगर अस्पतालका प्रशासनिक प्रमुख कुशल श्रेष्ठले ।बताउनु भयाे ।
पाेषण युक्त सामाग्रीले सुत्केरी आमाहरूको स्वास्थ्य सुधार तथा पोषण अवस्थालाई सुदृढ बनाउन सहयोग पुग्ने उपाध्यक्ष न्याैपानेले बताउनु भयाे ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा सहभागीहरूले सुत्केरी आमाहरूलाई पोषणयुक्त खाना सेवन गर्न र स्वास्थ्यप्रति सचेत रहन सुझाव दिनु भएको थियाे ।