दमक / नेकपा(एमाले)का केन्द्रीय सदस्य गोविन्द थापाले फागुन२१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी(एमाले) पशुपति टोल कमिटी दमक८को टोल भेलालाई सम्वोधन गर्दै अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने वीचको भिडन्त भएको हुदा देश जोगाउने दललाई जिताउन विगतको भन्दा यस पटक धेरै मिहिनेत गर्न पनि कार्यकर्तालाई नेता थापाले निर्देशन दिनु भएको हो ।
पार्टीको पशुपति टोल कमिटी दमक८का अध्यक्ष सूर्य प्रसाद भेटवालको अध्यक्षतामा भएको टोल भेलामा वडा कमिटी दमक ८को संयोजक समेत रहनु भएका नेता थापाले आफनो खुशीमा नभई विदेशीको इसारामा बालेन शाह झापाको क्षेत्र न५मा निर्वाचन लडन आएको आरोप लगाउनु भयो । टोल भेलामा सहभागी अगुवा कार्यकर्ता बीच छलफल गर्दै पार्टीका केन्द्रीय सदस्य थापाले मुलुकलाई विदेशी दलालको पञ्जाबाट जोगाउने प्रतिनिधि केपी शर्मा ओलीलाई झापाको निर्वाचन क्षेत्रन ५का ्कार्यकर्ताले उम्मेद्धवार बनाएको बताउर्दै विगतका निर्वाचनमा खटेको भन्दा दोब्बर मिहिनेतका साथ गाउँघरमा खट्न पनि उहाँ कार्यकर्तालाई आग्रह गर्नु भयो ।
गत भदौं२३ गते जेनजी तोडफोडमा बन्द कोठामा बसेर कलिला स्कुले युवालाई तोडफोडमा उकाउने बालेन शाह रहेको नेताको भनाई रहेको छ । २४ गते विदेशी तत्वले मुलुकभरका सरकारी संरचना,ब्यक्ति र नेताहरुको घर छानी छानी म्याप हेरर ध्वास्त पोरेको घटनाको विषय गाउँ टोलका बासिन्दालाई बुझाउन पनि थापाले अनुरोध गर्नु भयो ।

जनताको प्रतिनिधिले सार्वजानिक बहसमा भाग नलिइ आरोप प्रत्यारो गरी पन्छीएको कुराले पनि बालेन शाहको हैसियत थाहा भएको उहाँको भनाइ रहेको छ । एमाले दमक ८को निर्वाचन परिचालन समितिको संयोजक तथा दमक ८का वडाअध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले वडाको वस्तुस्थितिकावारेमा जानकारी गर्नु भएको थियो ।
कार्यक्रम माथि प्रकाश एमाले कोशी प्रदेशको निर्वाचन विभाग सदस्य प्रेम दंगालले प्रष्ट पार्नु भएको एमाले दमक ८कमिटी सचिव प्रकाश रिजालले जानकारी दिनु भयो । भेलामा सहभागीहरु मध्येवाट इन्दु न्यौपाने, विपसना दाहाल,प्रेम खड्का,ज्ञानु पोखरेल,सुरेश पौडेल र तिर्थ मिश्र लगायतले सार्वजानिक सरोकारका विषयमा प्रश्न गरेका थिए ।