logo
शुक्रबार, साउन २९ २०८३

कमल २ मा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, पुष ८ २०८२

कमल । कमल २स्थित फत्ते टोल र शिव पञ्चायम मन्दिर परिसरमा वैदेशिक रोजगारबाट फर्किनु भएका व्यक्तिहरू तथा उहाँहरूको परिवारलाई लक्षित गरी स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम मिति २०८२/०९/०७ गते सम्पन्न भएको हो। कार्यक्रममा जम्मा ६७ जनाको स्वास्थ्य जाँच गरिएको थियो। जसअन्तर्गत

शिव पञ्चायम मन्दिरमा ३८ जना

फत्ते टोलमा २९ जनाको स्वास्थ्य जाँच गरिएको हो।

कार्यक्रम *राष्ट्रिय एचआईभी/एड्स महासङ्घ, नेपाल*को आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकाल सक्रिय रूपमा खटिनुभएको थियो।

राष्ट्रिय एचआईभी/एड्स महासङ्घ, नेपालकी *एचआईभी/एड्स फोकल पर्सन इन्दिरा देवी पराजुली( ORW)*का अनुसार वैदेशिक रोजगारबाट फर्किनु भएका व्यक्तिहरू, विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरू तथा उहाँहरूको परिवारलाई लक्षित गरी स्वास्थ्य जाँच गरिएको हो।

उहाँका अनुसार कमल गाउँपालिका–२ का वडा अध्यक्ष अशोक सुब्बा, वडा सदस्यहरू तथा वडा र कमल नगर अस्पताल को समन्वयमा महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकालको सक्रिय खोजपड्तालका कारण कार्यक्रम प्रभावकारी र सहज रूपमा सम्पन्न भएको हो।

साथै, आवश्यकताका आधारमा अन्य क्षेत्रहरू पहिचान गरी भुत्लुङ्ग र मिलन चोकमा समेत छिट्टै यस्ता स्वास्थ्य जाँच कार्यक्रम विस्तार गरिने जानकारी उहाँले दिनुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend