चुलाचुली । इलामको चुलाचुलीमा सन्चालित राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि आधारभुत तालिम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय ईलामको आयोजना तथा चुलाचुली गाँउपालिकाको समन्वयमा सन्चालित तालिम गाउँपालिकाको वडा नम्बर २ स्थित चुलाचुली आधारभूत अस्पतालको सभाहलमा बुधवार सम्पन्न भएको हो । तालिमा १७ जना स्वायंसेविका सहभागी रहनुभएको थियो ।
तालिमले सहभागीको क्षमता बढाउनुका साथै , सेवाको गुणस्तरमा वृद्धी, पारदर्शिता तथा प्रभावकारितामा उल्लेखनीय सुधार आउने भएकोले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सहभागीलाई अनुरोध गर्नु भयो ।

तालिममा सहभागीलाइ वास्थ्य कार्यालय ईलामका फोकलपर्सन लक्ष्मण ढकाल, चुलाचुली नगर अस्पताल प्रशासनका व्यवस्थापक एकेन्द्र बाँस्कोटाले सहजीकरण गर्नु भएको थियो ।
२ नम्वर वडा अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावती, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य,स्वास्थ्य शाखाका प्रमुख दुष्यन्त दाहाल,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।