logo
शुक्रबार, साउन २९ २०८३

कमलका दुई विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर २० २०८२

कमल । कमल गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्वर २ स्थित ज्योति माध्यमिक विद्यालय, भुत्लुङ्ग र इन्द्र लोहनी आधारभूत विद्यालय देविचौनमा अध्यायनरत विध्यार्थिको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको हो ।

वडा कार्यालयको मासिक विद्यार्थी स्वास्थ्य कार्यक्रम अन्तर्गत विध्यार्थिको निःशुल्क स्वास्थ्य परीक्षणको प्राविधिक सहयोग मेची आँखा अस्पताल विर्तामोडको रहेको थियो ।

शिविरमा विद्यार्थीहरूको आँखा परीक्षण, स्वास्थ्य परामर्श, आवश्यक औषधि वितरणका साथै विध्यार्थिकालागी आवश्यक पर्ने चस्मा अस्पताल द्वारा निःशुल्क उपलब्ध गरार्यएको थियो ।

शिविरमा ज्योति माध्यमिक विद्यालयका ३ सय २० जना विद्यार्थीको स्वास्थ्य गरिएको थियो जसमा ७ जनालाइ निशुल्क औषधि वितरण गरिएकोमा ४ जना लाई थप उपचारका लागि आँखा अस्पताल रिफर गरिएको छ भने ६ जनालाइ चस्माको शिफारिस गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी इन्द्र लोहनी आधारभूत विद्यालयमा ६८ जना विद्यार्थीको परीक्षण गरिएकोमामा एक जनालाई औषधि आवश्यक भएकाले औषधि सिफारिस, दुई जनालाई थप उपचारका लागि मेची आँखा अस्पताल रिफर, गरिएको र चार जनालाई चस्मा आवश्यक देखिएकाले सिफारिस गरिएको विद्यालयका सह–प्रअ . भुमिका चापागाईंले जानकारी दिनुभयो ।

कमल गाउँपालिका का सबै विद्यालयमा क्रमबद्ध रूपमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्दै जाने र समस्या देखिएका विद्यार्थीलाई निःशुल्क चस्मा, औषधि तथा परामर्श प्रदान गरिने मेची आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत पुष्प अधिकारीले जानकारी दिनुभयो।

महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सहभागिता

यसै क्रममा कमल गाउँपालिकाद्वारा आयोजित ‘महिला स्वास्थ्य सामुदायिक स्वयंसेविका दिवस’ कार्यक्रममा कमल नगर अस्पतालका प्रमुख दिपक दाहाल, वडा नम्बर २ का स्वयंसेविकाहरू इन्दिरा खड्का, चन्द्रकला ढकाल र उषा गौतम दाहालको समेत सक्रिय सहभागिता रहेको वडा कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend