logo
शुक्रबार, साउन २९ २०८३

कमलमा आँखा परीक्षण कार्यक्रम सुरु


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर १० २०८२

कमल । झापाको कमल गाउपालिकामा विद्यालय स्वास्थ्य जाँच कार्यक्रम अन्तर्गत आँखा परीक्षण कार्यक्रम सुरु भएकाे छ ।

कमल गाउँपालिकामा अध्यायनरत विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर  आँखा परिक्षण सुरु गरिएको हाे ।

विद्यालय स्वास्थ्य जाँच कार्यक्रम अन्तर्गत आज  देखि आँखा परीक्षण तथा भिजन स्क्रिनिङ क्याम्प औपचारिक रूपमा सुरु गरिएको छ।

कार्यक्रम मेची आँखा अस्पताल, सैनिक मोड झापाको प्राविधिक टोलीको सक्रिय सहयोगमा  कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय बाट  कमल गाउँ पालिकाका उपाध्यक्ष प्रमिला तिवारीले   आँखा परिक्षण क्याम्पकाे  शुभराम्भ गर्नु भएको थियाे  ।

उहाँले बालबालिकालाई लक्षित स्वास्थ्य पहललाई गाउँपालिकाको प्रमुख प्राथमिकताभित्र राखिएको उल्लेख गर्दै भन्नुभयो :

“कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने हाम्रो साझा लक्ष्यअन्तर्गत बालबालिकाको आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष हो। विद्यालयमा बिध्यार्थिको बढ्दो आँखासम्बन्धी समस्या पहिचान गर्न र समयमै जाँच तथा उपचार सुनिश्चित गर्न आजदेखि यस्तो अभियान सुरुआत गरिएको हो।”

उपाध्यक्ष तिवारीज्यूले मेची आँखा अस्पतालले दिएको प्राविधिक सहयोगप्रति विशेष आभार व्यक्त गर्दै निरन्तर स्वास्थ्य सेवामार्फत बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार चाम्लिङ्ग , प्रधानाध्यापक बालकृष्ण सङ्रौला,कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल,मेची आँखा अस्पतालका कार्यक्रम फोकल पर्सन युवराज बोहोरा, सहित विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीयवासी अभिभावक हरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

आँखा परिक्षण कार्यक्रममा  ३ सय ६४ जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियाे । जसमा ६ जनामा पावर टेस्टका आधारमा चस्मा  उपलब्ध गराईएकाे छ भने ९ जनामा थप परीक्षण आवश्यक देखिएकाले मेची आँखा हस्पिटलमा रिफर गरिएको विद्यालयका प्रधानाध्यापक सङ्रौलाले जानकारी दिनुभयो।

विशेषगरी अस्पष्ट देखिने, आँखाबाट पानी आउने, दृष्टि धमिलो हुनेजस्ता समस्या भएका विद्यार्थीहरूलाई प्राथमिक स्तरमै परीक्षण गरी समयमै उपचारमा अग्रसर हुनु महत्त्वपूर्ण उपलब्धि भएको विद्यालय व्यवस्थापनले  जनाएकाे छ ।

विद्यार्थीकाे स्वास्थ्य अभियानलाई निरन्तरता दिँदै आगामी मङ्सिर १२ गते, शुक्रवार  कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा  स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend