शिवसताक्षी । नेपाली काँग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा सोमबार बृहत स्वास्थ्य शिबिर सम्पन भएको छ ।
स्वस्थ्य सबैको लागि काँग्रेस तपाईको साथमा भन्ने मुल नाराको साथमा एक दिवसिय नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो।
नोबेल मेडिकल कलेज बिराटनगरको प्राबिधिक सहयोगमा सोमबार शिवसताक्षी ६ स्थित शिबगन्जमा भएको स्वास्थ्य शिबिरमा करिब १५ सय जनाले स्वस्थ्य जाँच गराएको नेपाली काँग्रेस शिवसताक्षी नगर सभापति असोक बस्नेतले जानकारी दिनु भयो ।
उहाको अनुसार स्वस्थय उपचारको पहुँच बाट टाडा रहेका नगरिकलाई घर आगनमै स्वस्थ्यको पहुच पुर्याउने उदेश्यले स्वस्थ्य शिबिरको आयोजना गरिएको बताउनु भयो ।
जेन्जी आन्दोलन पछि सिथिल बनेको काँग्रेस पछिल्लो दिनहरुमा बिभिन्न रचनात्मक काम गर्दै सकृय हुन थालेको बताइएको छ ।
शिबिरमा फिजिसियन, नाक कान ,घाँटी , नशा तथा हाडजोर्नी , मुटु रोग, छाला रोग, बाल रोग, दन्त ,आँखा, प्रसुति तथा स्त्री रोग, मानषिक रोग, जेनेरल सर्जरी सेवा दिनुका साथै भिडियो एक्स रे, इ सि जी , इको ,ल्याब टेस्ट परिक्षण सहित, नि:शुल्क औषधि बितरण गरिएको थियो ।

स्वाथ्य शिबिर बाट लावन्धित बिरामी हरु मध्ये जटिल रोगका बिरामीहरुलाइ थप उपचारको लागि नोबेल अस्पतालमा बिशेश छुटमा उपचार गर्न समेत सहजीकरण गर्ने शिवसताक्षी नगर समितिले जनाएको छ ।
शिबिरमा नोबेल मेडिकल कलेजका १८ जना विशेषज्ञ चिकित्सक सहित प्राबिधिक टिमको सहभागितामा बिरामीहरुको स्वास्थ्य चेक जाँच गरिएको थियो।