कमल । झापाको कमल गाउँपालिकामा क्षयरोग न्युनिकरण सम्बन्धि समिक्षा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा क्षयरोग न्युनिकरण सम्बन्धि सञ्चालन भएका कार्यक्रमहरुको समिक्षा गरिएको हो ।
गाउँपालिका अन्तर्गतका २ वटा क्षयरोग उपचार केन्द्रका कर्मचारिहरु बिच भएको समिक्षा कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय झापाका क्षय कुष्ठ अधिकृत बिरेन्द्र दासले गर्नु भएको थियो ।
गत आर्थिक वर्ष २०८१÷८२ साविक तोपगाछि खण्डमा २७ जना र साविक लखनपुर खण्डमा १७ जना गरि जम्मा ४४ जना क्षयरोगीका विरामि दर्ता भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमलाई अझ प्रभवकारी बनाउन समुदायमा सकृय रुपमा खोजपड्ताल गर्न आवश्यक रहेको क्षय कुष्ठ अधिकृत दासले कार्यक्रममा सहभागीहरलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमा जनस्वास्थ्य निरिक्षक दिपक दाहाल,विसर्जन मोक्तान,ल्याव असिस्टेन्ट गिता न्यौपाने,पुनम राजवंशी, अहेव पञ्जिका थापा मगर लगायतको उपस्थिती रहेको थियो ।