कमल । झापाको कमल गाउँपालिका वडा ७ मा सञ्चालनमा रहेका विध्यालमा अध्यायनरत विध्यार्थीको स्वास्थ्य परिक्षण सुरु गरिएको छ ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र कमल ७ को आयोजना तथा आमा डेण्टल केयर क्लिनिक प्रा.लि.दमकको प्राविधिक सहयोगमा विध्यार्थीको स्वास्थ्य परिक्षण सञ्चालन गरिएको हो ।
प्रत्येक महिना विध्यार्थीहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण हुदै आएकोमा यस पटक आमा डेण्टलको प्राविधिक सहयोगमा दाँत सम्बन्धि थप सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख अमृत सुब्बाले जानकारी दिनुभयो ।

मंगलवार सरस्वाती माध्यमिक विध्यालय बाट सुरु गरिएको शिविरमा वडा नम्बर ७ मा सञ्चालनमा रहेका सामुदायीक विध्यालय ४ र संस्थागत विध्याल ३ गरी जम्म ७ वटा विध्यालयमा अध्यायनरत विध्यार्थीको विध्यालयमै पुगेर दाँत लगायत विभिन्न स्वास्थ्य सम्बन्धि समस्या परिक्षण गरिने प्रमुख सुब्बाले बताउनु भयो ।
मंगलवार सम्पन्न शिविरमा शिक्षक, विध्यार्थी तथा अभिभावक गरी जम्मा १५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा ४० जनाको दाँत खोलिएको थियो । भने आगामी साउन ३० गते शुक्रवार एभरग्रिन अंग्रेजी विध्यालमा अध्यायनरत विध्यार्थिको दाँत लगायतको स्वास्थ्य परिक्षण गरिने छ ।