कमल । झापाको कमल गाउँपालिका वडा ७ मा सञ्चालनमा रहेका विध्यालमा अध्यायनरत विध्यार्थी लक्षित स्वास्थ्य परिक्षण सञ्चालन हुने भएको छ ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र कमल ७ को आयोजना तथा आमा डेण्टल केयर क्लिनिक प्रा.लि.दमकको प्राविधिक सहयोगमा विध्यार्थीको स्वास्थ्य परिक्षण हुनुभएको हो ।
प्रत्येक महिना विध्यार्थीहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण हुदै आएकोमा यस पटक आमा डेण्टलको प्राविधिक सहयोगमा दाँत सम्बन्धि थप सेवा सञ्चालन हुने आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख अमृत सुब्बाले जानकारी दिनुभयो ।
शिविरमा वडा नम्बर ७ मा सञ्चालनमा रहेका सामुदायीक विध्यालय ४ र संस्थागत विध्याल ३ गरी जम्म ७ वटा विध्यालयमा अध्यायनरत विध्यार्थीको विध्यालयमै पुगेर दाँत लगायत विभिन्न स्वास्थ्य सम्बन्धि समस्या परिक्षण गरिने प्रमुख सुब्बाले बताउनु भयो ।