logo
मंगलबार, कार्तिक ११ २०८३

कमल ६ मा ३५४ जना जेष्ठको नि : शुल्क स्वास्थ्य परिक्षण


  • कुइनेटो न्युज
  • मंगलबार, साउन २० २०८२

कमल । कमल गाउँपालिका वडा नम्वर ६ का जेष्ठ नागरिकहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
६ नम्वर वडा कार्यालयको आयोजना र लखनपुर स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य परिक्षणको उद्घाट वडा अध्यक्ष नरेन्द्र भट्टराइले गर्नु भएको थियो ।


“निःशुल्क सेवा तपाईको, स्वास्थ्य हाम्रो प्राथमिकता” भन्ने नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य परिक्षणमा पुरुष १ सय ९४ जना र महिला १ सय ६० जना गरि जम्मा ३ सय ५४ जनाको स्वास्थ्य परिक्षण गरिएको लखनपुर स्वास्थ्य चौकीका प्रमुख विसर्जन मोक्तानले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend