logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुली इसाइ समाजको आयोजनामा रक्तदान , ५३ प्रिन्ट रगत संकलन


  • कुइनेटो न्युज
  • शनिबार, साउन ३ २०८२

चुलाचुली । इलामको चुलाचुली गाउपालिका ३ मा भएको खुल्ला रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन भएको छ ।

चुलाचुली युवा इसाइ समाजको आयोजनामा वडा नम्बर ३ स्थित चुलाचुली इसाइ समाजको भवनमा आयोजनामा भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी चुलाचुली र दमक उपशाखाको प्राविधिक सहयोग सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रमको औपचारिक उदघाटन नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसन्चार बिभाग प्रमुख सिद्धार्थ दहालले चुलाचुली ५ का वडाध्यक्ष बबिन राइ र आयोजक सस्थाका सल्लाहकार डेनी राइ लाई संयुक्त रुपमा ब्लड डोनेसन ब्याग हस्तान्तरण पछि रक्तदान कार्यक्रम सुरु गरिएको थियो ।


नेपाल लगायत बिश्व मा दिनानुदिन रगतको अभाब बढिरहेकाले त्यो अभाब लाई थोरै भए पनि न्युनिकरण गर्नलाई रक्तदान कार्यक्रम को आयोजा गरिएको र रगतले प्रत्यक्ष रुपमा मानिसको जिवन संग सम्बन्ध राख्ने भएकाले रक्तदान कार्यक्रमको ठुलो महत्व रहेको चुलाचुली गाउपालिका वडा नम्बर ५ निवासी डेनी राइले बताउनु भयो ।
बिश्वभरी हरेक दिन ८ लाख ३० हजार पाउण्ड रगत आवश्यक रहेको छ भनें हरेक दिन ७ लाख ४५ हजार पाउण्ड मात्रै ब्लड उपलब्ध हुने गरेको छ । रगत अभावको यस्तो अभावका कारण नागरिकको बाच्न पाउनु पर्ने अधिकार भएतापनी रगत अभाबका कारण दैनिक लाखौ मानिसले ज्यान गुमाउनु परेको अवस्था रहेको छ ।
रगत अभाबको स्थिती लाई मध्यनजर गर्दै चुलाचुली इसाइ समाजले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend