कमल । झापाको कमल गाउँपालिका र इलामको सूर्योदय नगरपालिका बिच असल अभ्यास आदान प्रदानका लागी अन्तर पालिका भ्रमण भएको छ ।
वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरूको पुनः एककीरण कार्यक्रम रेमी परियोजना अन्तरगत सञ्चालन भएका कार्यक्रम सम्बन्धी असल अभ्यासका अनुभव आदान प्रदानका लागी दुई पालिका बिच भ्रमण गरिएको हो ।
असल अभ्यासका अनुभव आदान प्रदानका लागी शुक्रवार सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालको नेतृत्वमा रोजगार संयोजक, सामाजिक विकास प्रमुख रेमी परियोजनाका सम्पूर्ण कर्मचारी , आप्रवासी श्रमिक सञ्जाल पदाधिकारी, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारी लगाएको टोली कमल गाउँपालिकामा आएको थियो ।

रेमी परियोजना अन्तरगत कमल गाउँपालिका रोजगार सेवा केन्द्रमा भएका काम हरु, हाल सम्म भएको उपलब्धीका बारेमा दुवै पालिकाका तर्फ बाट अनुभव साटासाट गरिएको थियो ।
आगामी दिनहरूमा रिट्रर्नी हरुको हकहितका लागी संघिय सरकारको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने र रिट्रर्नी हरूका आवाज संघ प्रदेश सम्म पुड्याउनु पर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी कार्यक्रममा रिट्रर्नी हरुको हकहितका लागी मात्र नभएर दैनिक लाखौको सङ्ख्यामा विदेश जानला गेका युावा लाई समेत देशमै रोजगारी श्रृजना हुने खालको वातावरण बनाउन सरकार लाग्नु पर्ने विषयमा समेत छलफल भएको कमल गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले बताउनु भयो ।

सुर्याेदय नगरपालिका बाट आएको टोलीलाई आफ्नो पालिकामा स्वागत गर्दै दुवै पालिका बिच भएका असल अभ्यासलाई एक अर्काले लागू गर्ने र आगामी दिनमा यस्ता आन्तरिक भ्रमणले दुबै पालिकाका जनप्रतिनिधि ,कर्मचारी रेमी परियोजनाका कर्मचारीले रिट्रर्नी हरुका विषयमा कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
सुर्याेदय नगरपालिका बाट आएको टोली लाई कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले शाब्दिक शब्द द्वारा स्वागत गर्ने भएको थियो । भने परिवार परामर्शकर्ता गङ्गा पराजुलीले कमल गाउँपालिकामा सञ्चालन भएको रेमी परियोजनाको तर्फ बाट सम्पन्न गरिएका कार्यक्रमको प्रगति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम रोजगार परामर्शकर्ता दुर्गा पाण्डेले सञ्चालन गर्नु भएको थियो ।