logo
शुक्रबार, साउन २९ २०८३

कमलल२ को नेतृत्वमा र थुलुङ्ग डेन्टल दमकको प्राविधिक सहयोगमा २५५ जनाको दन्त परीक्षण


  • कुइनेटो न्युज
  • शनिबार, असार ७ २०८२

कमल वडा नम्बर २ को नेतृत्वमा र थुलुङ्ग डेन्टल दमकको प्राविधिक सहयोगमा २५५ जनाको दन्त परीक्षण

कमल गाउँपालिका–२ नम्बर वडाको आयोजनामा, विद्यालयमै स्वास्थ्य सेवा पुर्‍याउने अभियान अन्तर्गत नवोदय माध्यमिक विद्यालयमा दन्त स्वास्थ्य परीक्षण कार्यक्रम दमक थुलुङ्ग डेन्टल को प्राविधिक सहयोगमा सम्पन्न भएको छ।

कमल नगर अस्पतालको समन्वयमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अशोक सुब्बाको अध्यक्षता थियो। वडा सदस्य महेन्द्र खत्री, शिक्षक, अभिभावक तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत २५५ जना विद्यार्थी, शिक्षक र अभिभावकको दन्त परीक्षण तथा मुख स्वच्छता सम्बन्धी परामर्श दिइएको थियो।
कमक गाउँ पालिका सध्रेय अध्यक्ष श्री हुकुम सिह राई ज्यु ले कमल २ वडा कार्यालय ले गरेको विद्यालय स्वास्थ्य कार्यक्रम मा दन्त सेवा पबि शुरु भएको मा खुशी व्यक्त गर्नुभयो ।

दन्त विशेषज्ञ डा. सोफिया थुलुङको नेतृत्वमा परीक्षण गरिएको हो। परीक्षण गरिएका व्यक्तिहरूलाई दमकस्थित थुलुङ डेन्टल क्लिनिकमा निःशुल्क ओपीडी, एक्सरे सेवा र आवश्यक उपचारमा छुट प्रदान गरिने जनाइएको छ।

विद्यालयका शिक्षक कमल दङ्गालले यस कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित भएको भन्दै वडा, दमक थुलुङ्ग डेन्टल र अस्पतालप्रति आभार व्यक्त गर्नुभयो।

 

कमल गाउँपालिका २ नम्बर वडा ले पछिल्ला वर्षहरूमा विद्यालयमै स्वास्थ्य सेवा पुर्‍याउने नीति अपनाउँदै आएको छ। सोही नीति अनुरूप मासिक रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य परीक्षण कार्यक्रममा दन्त सेवाको समावेश गरिएको हो। अन्य कमल २ का विद्यालय मा अध्ययनरत बिध्यार्थिको पनि क्रमश दन्त स्वास्थ्य परिक्षण र उपाचार को दायरा बढाउदै लगिने कमल २ वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend