logo
शुक्रबार, साउन २९ २०८३

कमल २ मा विद्यालय स्तरमै दन्त परीक्षण सेवा सुरु , ४८० जनाले लिए सेवा


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ ३१ २०८२

कमल । कमल गाउँपालिकामा विध्यालय स्तरमै दन्त परीक्षण सेवाको औपचारिक सुरुवात गरीएको छ ।

गाउँपालिकाको वडा नम्बर २ वडामा रहेका विद्यालयमै स्वास्थ्य सेवा विस्तार गर्दै दन्त परीक्षण सेवाको औपचारिक सुरुवात गरेको छ । यस्तो कार्यक्रम दोश्रो कालकालागी निर्वाचित वडाध्यक्ष अशोक सुब्बाको नेतृत्वमा सुरु गरिएको हो ।

विध्यालयमा सन्चालन र्भ रहेको नियमित विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत दन्त परीक्षण सेवा थप गरिएको हो ।


स्वास्थ्य परिक्षण अन्तरगत शुक्रवार कमल २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुब्बाको अध्यक्षतामा दन्त परीक्षण सेवा प्रारम्भ गरिएको हो ।

दन्तपरिक्षण शिविरको प्राविधिक सेवा दमक स्थित थुलुङ डेन्टल क्लिनिककी प्रमुख डा. सोफिया थुलुङ लगायतको विशेषज्ञ प्राविधिक टोलीले दन्तपरिण गर्नु भएको थियो ।

शिविरमा ४ सय ४५ जना विद्यार्थी, ३५ शिक्षक तथा केही अभिभावकहरूको दन्त परीक्षण गरिएको थियो भने विद्यार्थीहरूलाई मुख स्वच्छता सम्बन्धी परामर्श, दन्त शिक्षासम्बन्धी जानकारी, र आवश्यक उपचार सिफारिस गरिएको थियो ।

वडामा रहेका सबै विध्यालयमा वार्षिक रूपमा कम्तीमा एकपटक दन्त परीक्षण सेवा पु¥याइनेछ, जसले विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताउनु भयो ।

कार्यक्रममा वडाध्यक्ष वडा अध्यक्ष अशोक सुब्बा, वडा सदस्यद्वय महेन्द्र खत्री ,सम्झना रणपहेली, वडा कार्यालयका कर्मचारी दिपेन गिरी, थुलुङ डेन्टलका डा. हाङमा माखिम, डेन्टल असिस्टेन्ट निकिता घिमिरे र सरद राजवंशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल, विध्यालयका प्रधानाध्यापक हिमप्रसाद दहाल, शिक्षक, अभिभावक, पत्रकार, जनस्वास्थ्य लगायतको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend