logo
शुक्रबार, साउन २९ २०८३

ईलामको चुलाचुलीमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ २४ २०८२

कमल । इलामको चुलाचुली गाउँपालिका ४ स्थित श्री चुलाचुली इङ्गलिस बोर्डिङ्ग स्कूलमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।

श्री चुलाचुली इङ्गलिस बोर्डिङ्ग स्कूलको आयोजनामा तथा आमा डेन्टल केयर प्रा.लि. दमकको प्राविधिक सहयोगमा शुक्रवार निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको हो ।

शिविरमा शिक्षक,विद्यार्थी र अभिभावक सहित ४०० जनाको दन्त परीक्षण, २० जनाको दाँत खोल्ने र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको आमा डेन्टल केयर प्रा.लि.दमकका सञ्चाल अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।


शिविरको औपचारीक उद्धघाटन विद्यालयका संस्थापक पदम प्रसाद सापकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend