कमल । झापाको कमल गाउँपालिकामा रहेको कमल नगर अस्पतालले आज मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम अन्तरग गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गरेको छ ।
गाउँपालिका वडा नं. २ मा मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गरिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति, बजेट तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको “सुरक्षित मातृत्व प्रवद्र्धन र गर्भ परीक्षणमा सक्रियता “ अन्तर्गत कार्यक्रमा सहभागी लाई गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गर्नु भएको थियो ।
कार्यक्रममा कमल नगर अस्पतालमा उपाध्यक्ष न्यौपानेले गाउँपालिकाको सामाजिक विकासको कार्यदिशा अनुसार महिलामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण समाग्री तथा नगद सहयोग वितरण गर्नु भएको हो ।
वडा नं. २ अन्तर्गतका आर्थिक, सामाजिक रूपले पछाडि परेका तथा जोखिमपूर्ण अवस्थामा रहेका सुत्केरी महिलालाई दाल, चामल, घ्यू, अण्डा, आयोडिन नुन लगायतका अत्यावश्यक पोषणयुक्त सामग्री वितरण गरियो । कम्तीमा चार पटकसम्म नियमित गर्भ जाँच गराइसकेका गर्भवती महिलालाई प्रोत्साहन स्वरूप नगद रकम हस्तान्तरण गरिएको थियो कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले बताउनु भयो ।
एक स्वस्थ आमा, दुइ स्वस्थ सन्तान र त्यो सन्तानले बनाउँछ समृद्ध समाज । भन्ने सोचका साथ कमल गाउँपालिकाले महिला मैत्री र सुरक्षित मातृत्व सुनिश्चित गर्ने कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । तपाईं हरुले प्राप्त नगद र पोषण युक्त सामाग्री आमा र वच्चाको स्वास्थ्यको लागि उपभोग गर्नुहोस । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन तथा गर्भवती अवस्था देखि नै महिलाहरूलाई हेरचाह र पोषणमा सजग गराउन गाउँपालिका दृढ रहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।
अस्पताल अवलोकन र सेवाग्राहीहरूसँग भलाकुसारी
कार्यक्रम पश्चात उपाध्यक्ष तिवारीज्यूले कमल नगर अस्पतालमा हालै सञ्चालनमा रहेको जेनेरेटरको अवस्था निरीक्षण गर्नुका साथै हाल निर्माणाधीन अस्पताल ट्रस्ट भवनको अवलोकन र सुपरिवेक्षण समेत गर्नुभया े। साथै, अस्पतालमा उपस्थित सेवाग्राहीहरूसँग कुराकानी गर्दै उनीहरूको अनुभव, समस्या तथा सुझावहरू सुन्नु भएको थियो ।
कार्यक्रममा अस्पताल परिवारको सक्रिय सहभागिता
उक्त कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. फुलचन्द्र लावती, सी.अ.न.मी. निरीक्षक तथा कार्यक्रम फोकल पर्सन अधिकृत गीता मगराती, अस्पताल प्रमुख दीपक दाहाल, अनमी अञ्जना सापकोटा, रेडियोग्राफर सुमन पनेरू, अन्य स्वास्थ्यकर्मी, अस्पताल कर्मचारी, लाभग्राही महिलाहरू तथा उनीहरूका परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिलाहरूको अनुहारमा खुसी, पालिकाको योजना प्रति आभार
पोषण सामग्री र नगद सहयोग पाएका महिलाहरूले गाउँपालिकाप्रति आभार प्रकट गर्दै, यस्तो कार्यक्रमले उनीहरूलाई आर्थिक, मानसिक र स्वास्थ्य दृष्टिकोणबाट ठूलो सहयोग पुगेको बताए। सहभागी महिलाहरूको अनुहारमा देखिएको खुसी र आत्मविश्वास कार्यक्रमको सफलता र प्रभावकारिताको ज्वलन्त प्रमाण बन्न पुगेको थियो।
नगद ५ हजार र निःशुल्क एम्बुलेन्स सेवा

कमल नगर अस्पतालमा सुरक्षित सुत्केरी सेवा लिए वापत प्रात्साहन वापत नगर ५ हजार रुपैया र निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने छन् ।
उपाध्यक्ष तिवारीज्यूले कमल नगर अस्पतालमा दक्ष स्वास्थ्यकर्मी तथा डाक्टरसहितको सुरक्षित सुत्केरी सेवा उपलब्ध रहेको जानकारी निुहुन्दै
यस सेवाबाट वडाका विपन्न तथा टाढा–टाढा बाट सेवा लिन आउने महिलाहरूलाई ठूलो राहत मिलेको अस्पताल प्शासनले जनाएको छ ।
गर्भावस्थाको समयमा नियमित जाँच, सुरक्षित सुत्केरी तथा पोषण अभिवृद्धिका लागि पालिकाले जिम्मेवारी पूर्वक सेवा प्रदान गरिरहेको अस्पताल प्रमुख दाहालले बताउनु भयो ।