चुलाचुली । इलामको चुलाचुली ३ स्थित श्री किराँतेश्वर माध्यमिक बिद्यालयमा शुक्रवार दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
श्री किराँतेश्वर माध्यमिक बिद्यालय र चुलाचुली ३ नम्बर वडा कार्यलय को संयुक्त आयोजना सञ्चालित शिविरमा २ सय जना भन्दा माथी विद्यार्थी हरुले दन्त सेवा लिएका थिए भने ३१ पिन्ट रगत संकलन भएको थियो ।

ॐ शान्ती डेण्टल हस्पिटल प्रा. लि. दमक ले दन्त सेवा प्रदान गरेको हो भनें नेपाल रेडक्रस सोसाइटी चुलाचुली र दमक उपशाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालनकालागी एन.के. नेपाल ट्रेड एण्ड सप्लायर्स बिर्तामोडले सहयोग उपलब्ध गराको थियो ।
शिविरको औपचारिक उद्घाटन गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले गर्नुभएको थियो भने कार्यक्रम मा चुलाचुली ३ नम्बर वडा का जनप्रतीनिधी बिद्यालय ब्यवस्थापन समिती , स्थानियवासी लगायतको उपस्थिती रहेको थियो ।
चुलाचुली वडा नम्बर १ र २ का विध्यालय बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

त्यसैगरी इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित चुलाचुली सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रले आधारभुत तह स्तरिय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा चुलाचुली गाउपलिका वडा नम्बर १ र २ मा रहेका ८ वटा सामुदायिक तथा सस्थागत बिद्यालयहरु को सहभागिता रहेको थियो । प्रतियोगितामा शिवज्योती आधारभुत बिद्यालय प्रथम , अमृत बोर्डिङ्ग स्कुल दोश्रो तथा इमोर्टल एकेडेमी तेश्रो भएका थिए ।
२०७९ सालमा स्थापना भएको चुलाचुली सामुदायिक अध्यान तथा सिकाइ केन्द्रको आयोजना तथा शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा महिला तथा घरेलु हिंसा बिरुद्ध सचेतना कार्यक्रम , सामाजिक भेदभाब तथा लागु औषध बिरुद्ध सचेतना कार्यक्रम , अभिभावक सचेतना तथा विद्यार्थी भर्ना कार्यक्रम जस्ता सामाजिक कृयाकलप हरु सन्चालन गर्दै आएको आयोजक सस्थाका अध्यक्ष रत्न बहादुर तिरुवाले बताउनु भयो
प्रतियोगिता चुलाचुली सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रका अध्यक्ष रत्न बहादुर तिरुवाको अध्यक्षता तथा श्री शिवज्योती आधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उत्तम कुमार फियाक को प्रमुख आतिथ्यतामा भएको थियो ।