logo
शुक्रबार, साउन २९ २०८३

दमकमा जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम शुरु


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ ५ २०८२

दमक/ झापाको दमकमा जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम शुरु भएको छ ।

दमक नगरपालिका वार्ड कार्यलयहरुको सहयोग र समन्वयमा पाथिभरा हेल्थ एन्ड वेलनेस फाउन्डेसन दमकले यो कार्यक्रम दमक १ बाट शुरु गरेको हो ।

कार्यक्रममा आयुर्बेदिक उपचार, स्वास्थ्य रहने उपाय र घर आगनमा पाइने जडिबुटीको उपयोगको बिषयमा जानकारी सहित स्वास्थ्य जाच सहित निशुल्क औसधी बितरण गरिएको फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले बताउनुभयाे ।

वार्ड नम्बर १ का १०९ जना जेष्ठ नागरिक कार्यक्रममा सहभागी रहेका थिए ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले कार्यक्रमको उदघाटन गर्दै यो कार्यक्रम सबै वार्डहरुमा गर्न आग्रह गर्नु भयो । यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।

फाउन्डेसनका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक आयुर्बेदिक अस्पताल लखनपुरका निमित्त प्रमुख डा. सिद्धार्थ ठाकुर, निमित्त वार्ड अध्यक्ष प्रकाश बुढाथोकी लगायतले बोल्नुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण कबिराज निरीक्षक टेकनाथ अर्यालले गर्नु भएको  थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend