logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा नियमित खोप अभियानलाई सफल पार्न पालिका अध्यक्ष राई सहित जनप्रतिनिधीको सक्रियता


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख १९ २०८२

कमल । कमल गाउँपालिकामा नियमित खोप अभियानलाई सफल पार्न पालिका अध्यक्ष राई सहित जनप्रतिनिधीको सक्रियता रहेको छ ।

जनप्रतिनिधकिो सक्रियताले कमल गाउँपालिकामा बैशाख महिनाको नियमित मासिक खोप कार्यक्रम सम्पन्न भएको हो ।

नियमित खोप कार्यक्रम सञ्चालनमा जनप्रतिनिधीहरको सहभानगीताले समेत नियमित खोप अभियानलाई सफल पार्न सहज भएको हो ।

स्वास्थ्य क्षेत्रको एउटा मूल आधार भनेको रोग लागेपछि मात्र उपचार गर्नु होइन, रोग लाग्नै नदिने पूर्वतयारी गर्नु प्रमुख कुरा भएकोले यसलाई सफल पार्न कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई समेत लागि पर्नु भएको छ ।

कमल गाउँपालिका–२ मा सञ्चालन भएको नियमित खोप कार्यक्रम केवल स्वास्थ्य सेवा मात्र होइन, जनसरोकार र विश्वास निर्माणको अभियानमा रूपान्तरित गर्दै अभियान सफल पार्न २ नम्वर वडा अध्यक्ष अशोक सुब्बा समेतको महत्वपुर्ण भुमिका रहेको छ ।

अध्यक्ष अशोक सुब्बाको नेतृत्वः सेवा केन्द्रमा प्रत्यक्ष उपस्थिति र निगरानी

अध्यक्ष सुब्बा भन्नुहुन्छ “जनस्वास्थ्यप्रति हाम्रो दायित्व केवल ठेक्का–टेण्डर वा बैठकमा सीमित हुन हुँदैन। हामी सीधै समुदायमै जानुपर्छ।“

कमल–२ का वडा अध्यक्ष अशोक सुब्बा नियमित खोप कार्यक्रमहरूमा केवल निर्देशन दिने तहमा सीमित नभएर आफु स्वयम् सेवा केन्द्रहरूमा पुगेर अवलोकन, अभिभावकहरूसँग संवाद, स्वयंसेविकाहरूसँग समन्वय, खोप छुटेका बालबालिकाको पहिचान लगायत कार्यमा अग्रसरता देखाउनुले पनी अभियान सफल भएको हो ।
खोप अभियान अन्तर्गत बैशाख १५ गते, श्री ज्योति माध्यमिक विद्यालय कमल २, मा सन्चालन भएको खोप कार्यक्रममा उहाले वडा सदस्य सम्झना रणपहेली लाई समन्वय गरी बैशाख महिना खोप महिना समेत रहेकाले नियमित खोपमा वडाको पनि सन्लगनता रहेको थियो ।

वडा सदस्यहरूको सक्रिय भूमिकाः सेवा र समर्पणको संगम

कमल–२ का अन्य वडा सदस्यहरू पनि आफ्नो क्षेत्रमा सेवा र सहभागितामा कम छैनन्। विशेषगरी वडा सदस्य सम्झना रनपहेली, भिम सिह कार्की, महेन्द्र खत्री, कल्पना राई, जसको घरदैलो खोप सचेतना अभियानमा निरन्तर संलग्नता आज उदाहरणीय बनेको छ। स्वयंसेविका हरु समेत अभियानलाइ सफल पार्न विहान देखीनै फिल्डमा खटिने गर्नु भएको छ ।

वडा सदस्यहरू भिम सिंह कार्की, महेन्द्र खत्री, कल्पना राई पनि पालैपालो खोप सत्रको प्रत्यक्ष निगरानी, स्वयंसेविकासँग समन्वय, तथ्याङ्क संकलन जस्ता कार्यमा सक्रिय देखिन्छन्। गाउँपालिकामा हरेक महिना सञ्चालन हुने “स्वास्थ्य समन्वय बैठकहरू”मा समेत उहाँहरूका धारणा नीतिगत रुपमा प्रभावशाली हुने गर्छ ।

खोप महिना विशेषः ’खोज र खोप’ अभियानमा वडा नेतृत्वको सहकार्य

कमल गाउँपालिकामा बैशाख महिनालाई “खोप महिना” घोषणा गरिँदै “खोज र खोप” अभियान सञ्चालन चलिरहेको छ । यस अवधिमा, खोप छुटेका बालबालिकाको खोजी गरी तिनलाई सेवा पहुँचमा ल्याउने काम गरिएको हो। कमल–२ का वडा जनप्रतिनिधिहरूले यो अभियानलाई स्वास्थ्यकर्मीहरूभन्दा पनि बढी उत्साहसाथ साथ दिएका छन् ।

घर–घर सर्वेक्षण र ‘स्वास्थ्य साथी’को भूमिका

चैत्र महिनामा भएको घर–धुरी सर्वेक्षण अभियानले जनप्रतिनिधिको ’स्वास्थ्य साथी’ रूप प्रस्तुत ग¥यो। वडा अध्यक्ष, सदस्यहरू र स्वास्थ्य टोलीले समयगढ, क्याम्पा बजार टोल, भुत्लुङ, सेतुमारी समयगढ टोल, प्रगति टोल लगायतका टोलमा बिहान देखि नै साझ सम्म घरधुरी सर्वेक्षण गरी खोप छुटेका बालबालिका, नियमित खोप लगाइरहेका बालबालिका , रोगको जोखिममा रहेका व्यक्तिको अभिलेख सङ्कलन गर्नुभयो ।

स्वस्थ्य क्षेत्रमा पालिका अध्यक्ष राईको कार्यकालमा भएका उपलब्धि

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई विगत वर्षदेखि नै स्थानीय स्वास्थ्य सेवा सुधारको अभियानमा विशेष ध्यान दिँदै आउनुभएको छ । उहाँको पहलमा नै पालिकामा खोप पुन : अनुसूची निर्देशिका, ‘खोप छुट्यो भने के गर्ने ?’ प्रणाली, तथा स्वयंसेविकाको हौसला वृद्धिका लागि मूल्याङ्कन प्रणाली लागू गरिएको छ ।
अध्यक्ष राई भन्नुहुन्छ “म एक्लैले मात्र यो सम्भव छैन वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधीको र स्वस्थ्यकर्मीहरुको साथ र सहयोगले मात्र स्वस्थ्यको क्षेत्रमा यो उपलब्धि भएको हो” । सबेको साथ र सहयोगले कमल–२ हाल ‘पूर्ण खोप सुनिश्चितता वडा’ घोषणा नजिक पुगेको कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend