झापा । मेलमिलाप परिषद को आयोजनामा झापामा मेलमिलापको आबश्यकता र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मेलमिलाप परिषदका अध्यक्ष तथा सर्बोच्च अदालतका मानीय न्यायाधीश कुमार रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक विश्वनाथ बराल, भद्रपुर न पा का प्रमुख गणेश पोखरेल, बिर्तामोड न पा का प्रमुख पवित्रा महतारा प्रसाई, भद्रपुर न पा उपप्रमुख राधा कार्की, मेलमिलाप परिषका सचिवालय प्रमुख अर्जुन कोईराला, झापा जिल्ला अदालतका माननीय न्यायाधीशहरु क्रमशः उमेशप्रसाद लुईटेल, प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ॠतबहादुर पुलामी मगर, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, झापा बार एकाईका अध्यक्ष र अन्य पदाधिकारी, झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिह, जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन के सी, झापा बारका बरिष्ठ अधिवक्ताएवंअधिवक्ताहरूको उपस्थिति रहेको थियो।

“हाम्रो समस्या हाम्रो समाधान” मेलमिलापको रणनीति हो, मेलमिलाप प्रकृयालाई अवलम्बन गरेमा जितजित (win-win) को अबस्था भै समाजमा सामाजिक सम्बन्ध समेत पुनःर्स्थापना हुन्छ, अत: अदालतबाट मेलमिलाप प्रक्रियालाई जोड दिन आबश्यक छ भनी प्रमुख अतिथि रेग्मीले बताउनु भयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बराल, नगरपालिकाका प्रमुख गणेश पोखरेल र पबित्रा महतरा एबं अदालतका प्रमुख न्यायाधीश उमेश प्रसाद लुईटेल, प्रमुख जिल्ला अधिकारी, बार अध्यक्ष समेतले आफ्नो भनाई राख्नु भएको थियो।
सहभागीहरूको तर्फबाट बरिष्ठ अधिवक्ता तथा मेलमिलाप कर्ता टंकप्रसाद उप्रेतीले भौतिक पूर्वाधार सम्पन्न मेलमिलाप केन्द्र र दक्ष मेलमिलाप कर्ता उत्पादन गर्न आबश्यक रहेको भनी सहभागीहरुको तर्फबाट जिज्ञासा राख्नु भएको थियो।
अदालतमा मेलमिलापको रणनीतिलाई सफल बनाउन मेलमिलाप कर्ताहरूले आचरणको पालना गर्नुपर्ने, मेलमिलाप कर्ताहरूलाई पर्याप्त परिवहन खर्च उपलब्ध गराउन र मेलमिलाप कर्ताको लागी उपर्युक्त ड्रेस लागू गर्न कार्यविधि निर्माण हुन जरुरी रहेको भनी बार ईकाई झापाका सहसचिव तथा झापा बार महिला समिति संयोजक सानु कार्की बस्नेत “सिता” ले बताउनु भयो।
बार एकाई झापाको सभाहलमा आयोजित उक्त कार्यक्रमको संचालन मेलमिलाप परिषदका शाखा अधिकृत रमेश आचार्यले गर्नू भएको थियो भने स्वागत मन्तव्य मेलमिलाप परिषदका सचिवालय प्रमुख अर्जुन कोईरालाले गर्नूभएको थियो ।
उक्त कार्यक्रममा झापा जिल्ला अदालतमा सूचीकृत ३५ जना मेलमिलाप कर्ता तथा झापा जिल्लाका पालिकाका न्यायिक समितिका संयोजक र सदस्य समेत गरी जम्मा ७० जनाको सहभागिता रहेको थियो ।