कमल । स्वास्थ्य क्षेत्रमा समर्पित योगदान पुर्याउँदै आएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई काममा अझ प्रभावकारी र सजिलो बनाउने उद्देश्यले स्थानीय स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला स्वास्थ स्वयम् सेविकालाई डिजिटल तौल मेसिन र झोला प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको पहलमा तीन जना स्वयंसेविकालाई डिजिटल तौल मापन यन्त्र (Weight Machine) र सामग्री बोक्ने झोला वितरण गरिएको हाे ।
कमल गाउँ पालिका द्वारा प्रदान गरिएको सामाग्री पाउने मा चन्द्रकला ढकाल, इन्दिरा खड्का र उषा दाहाललाई सम्मानपूर्वक उपकरण, सामाग्री सहितकाे झाेला अध्यक्ष राईले हस्तान्तरण गर्नुभयाे
अध्यक्ष हुकुम सिंह राई – समर्पित नेतृत्वको प्रतिबिम्ब
कमल गाउँपालिकाका अध्यक्ष र अस्पताल व्यवस्थापन समिति प्रमुख हुकुम सिंह राई पछिल्लो समय स्वास्थ्य क्षेत्रको सुदृढीकरण, स्तरोन्नति र जनउत्तरदायी सेवा प्रवाहमा निरन्तर क्रियाशील रहनु भएको छ।
हाम्रा महिला स्वास्थ्य स्वयंसेविकाहरू ग्रामिण समुदायमा आमाबुबा, बहिनी, दिदीहरूको स्वास्थ्य सुरक्षाका सन्देशवाहक हुनुहुन्छ। उहा हरूको सेवालाई सम्मान गर्न र सहज बनाउने हाम्रो प्राथमिक जिम्मेवारी हो। यसलाई आगामी दिनमा पनि थप कार्यक्रम ल्याएर अझ सशक्त बनाइने गाउपालिका अध्यक्ष राईले बताउनु भयाे ।
अध्यक्ष राईले पछिल्ला दिनहरूमा स्वास्थ्य संस्थाहरूको सेवा विस्तार, उपकरण व्यवस्था, स्वास्थ्यकर्मीको प्रोत्साहन, महिला र बाल स्वास्थ्यका कार्यक्रम, र निशुल्क स्वास्थ्य शिविरको आयोजना लगायतमा लगातार सक्रियता देखाउँदै आइरहनुभएको छ।
कार्यक्रममा विशेष उपस्थिति र सहकार्यको झल्को
उक्त वितरण कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, स्वास्थ्य शाखा प्रमुख बिमल थापा, अध्यक्षका स्वकीय सचिव रोशन दाहाल, तथा कमल नगर अस्पताल प्रमुख दिपक दाहालको समेत उपस्थिति रहेको थियाे ।
स्वयंसेविकाहरूको प्रतिक्रिया – “काम गर्न अझ सहज र प्रेरणा मिल्यो”
डिजिटल तौल मेसिन र झोला प्राप्त गरेपछि तीनैजना स्वयंसेविकाहरूले कार्यक्रममा खुलेर भन्नुभयो ।
“यो सामग्रीले हामीलाई बच्चाहरूको तौल जाँच, गर्भवती महिलाको अनुगमन र पोषण सेवा वितरणमा ठूलो सहजता ल्याउनेछ।
स्थानीय सरकारबाट यति राम्रो सम्मान र साथ पाउँदा निकै उत्साहित भएका छौं। हामिलाई दैनिक काम गर्न अझ प्रेरणा र प्रोत्साहन प्राप्त भएको छ । अध्यक्ष श्री हुकुम सिह राई र कमल नगर अस्पताल संचालन व्यवस्थापन समिति लाई विषेश धन्यवाद ।”
भविष्यमा अझ प्रभावकारी कार्यक्रमको संकेत
कार्यक्रमको समापनसँगै अध्यक्ष राईले आगामी दिनमा तालिम, स्वास्थ्य कार्यक्रम , सहयोगी सामाग्री वितरण र प्रोत्साहन कार्यक्रम जस्ता योजनाहरू अघि सारिने संकेत गर्नुभयो। उहाँको कार्यदक्षता, पहुँच र नीतिगत स्पष्टता ले गर्दा कमल गाउँपालिकाको स्वास्थ्य सेवा कोशी प्रदेशमै उदाहरणीय बन्दै गएको बताउनु भयाे ।
निष्कर्ष
स्वास्थ्य स्वयंसेविकालाई उपकरण र प्रोत्साहन प्रदान गर्नु केवल सामग्री हस्तान्तरण मात्र होइन, स्थानिय स्वास्थ्य प्रणालीको मेरुदण्ड बनेका स्वयंसेविका हरूप्रतिको सम्मान हाे ।
यस्ता कार्यक्रम ले स्वयम् सेविका महिला हरूलाई आफ्नो काम प्रती थप उत्तरदायित्वको बनाउन मा सहयोग पुग्ने समेत राईले बताउनु भयाे ।