logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकारले हलेसी महादेव स्थान र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २९ २०८१

विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको बैठकले हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ।

हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा हलेसी तुवाचुङ ७ खोटाङका डिल्लीकुमार राई र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्षमा बराहक्षेत्र ४ सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन प्रदेश अन्तर्गतका कार्यालय , संघ संस्था, वित्तीय संस्था, विद्यालय र विश्वविद्यालय लगायतका संस्थाको लेटर प्याडमा पर्यटन वर्षको लोगो साथै नारा लेख्नका लागि अनुरोध गर्ने साथै निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो।

आजको बैठकले मालपोत तथा नापी कार्यालयहरूको भौतिक संरचना सुधार गर्नका लागि २ करोड२९ लाख बजेट बाँडफाँड गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend