कमल । विश्व स्वास्थ्य दिवसको अवसरमा झापाको कमल गाउँपालिका १ मा पोषण कर्नर स्थापना गरिएको छ।
स्वस्थ सुरुवात, समृद्ध भबिष्य भन्ने नाराका साथ
कमल १ स्धित आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसबारीमा कर्नर स्थापना गरिएको हाे ।
पोषणयुक्त खानपान, सक्रिय जीवनशैली, सन्तुलित आहार लगायत स्थानीय समुदायलाई जीवनचक्रका विभिन्न अवस्थामा पोषणको महत्वलाई बुझाउने उद्देश्यले कर्नर स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताउनु भयाे ।
पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आम नागरिकलाई सूचित गराउने, स्थानीय स्तरमा पाइने पोषिलो अन्न,गेडागुडी, हरियो सागपात, फलफुल, दुधजन्य पदार्थलाई उचित उपभोग गर्न सिकाउने र समुदायमा पोषणसम्बन्धी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देशले पोषण कर्नर सन्चालन मा ल्याईएको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
खाना र पोषण सग सम्बन्धित धेरैजसो समस्या अप्रयाप्त, असन्तुलित वा चाहिने भन्दा धेरै वा कम पौष्टिक तत्व भएको खाना उपभोगका कारणले हुने गरेको कमल १ का वडाअध्यक्ष केदार कटुबाले बताउनु भयो ।

पोषण समबन्धी हरेक बार खाना चारको सही जानकारी नहुँदा, असन्तुलित आहारका कारण स्वास्थ्य समस्या देखिने भएकाले पोषण कर्नर सञ्चालनमा ल्याइएको र सो कार्यक्रमले स्थानीय नागरिकलाई स्वास्थ्यकर खानपान तर्फ उन्मुख गराउने विश्वास लिएको निरीक्षक द पराजुलीले बताउनु भयाे ।
पोषण कर्नरमा अन्न तथा कन्दमुल, गेडागुडी, दाल भिटामिन ए पाईने सागपात तथा फलफुल , माछा मासु अन्डा,दुधजन्य पदार्थ, गुलियो, नुनिलो लगाएतका पोषण युक्त तत्व हरु प्रदर्शन मा राखिएको छ।
पोषण कर्नरको स्थापना भए सगै गर्भवति , सुत्केरी किशोर किशोरीहरु लगाएत सम्पुर्ण सेवाग्राहीहरु लाभान्वित हुने र प्रत्येक दिन हरेक बार खाना चारको महत्वलाई प्राथमिकता साथ पोषण शिक्षा दिईने कमल ०१ कि अ.न.मि विन्द्रा राईले बताउनु भयो।
नेपाल सरकार को राष्ट्रिय पोषण नीति तथा रणनितिको प्रमुख उद्देश पोषण संबंधित कार्यक्रम मार्फत बाल तथा मातृ मृत्यु दरमा सुधार ल्याउनु रहेको छ ।
केही समय अघि आधारभुत स्वास्थ्य केन्द्र मै पहिलो पटक कमल-०१ बाट ईम्पालन्ट सेवा सन्चलनमा ल्याईएको थियो । हाल इम्पालन्ट सेवा लिने महिलाहरु दैनिक रुपमा वृद्धि हुदै आएका छ ।