कमल । कमल गाउपालिका वडा नम्बर १ मा चैत्र महिनामा नियमित खोप लगाउनुपर्ने बालबालिका काे नामावली सार्वजनिक गर्ने कार्य सम्पन्न भएको छ
१ नम्बर वडामा प्रत्येक महिनाको १३ गते सरङपाडा खोप केन्द्र र १४ गते बाँसबारी खोप केन्द्र मा बालबालिकाहरूको नियमित खोप सञ्चालन हुँदै आएको छ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम,लगाउनुपर्ने खोपको विवरण सार्वजनिक गर्ने निर्णय गरे बमोजिम १ नम्बर वडामा रहेको खाेप लगाउनु पर्ने बालबालिकाकाे नाम सार्वजनिक गरेको हाे ।
गाउँ पालिकामा रहेका ८ वडा आधारभुत स्वास्थ्य संस्था केन्द्र मध्ये कमलका १ मा रहेको वाँसवारी स्थित आधारभुत स्वास्थ्य संस्थाले पहिलो नामावली सार्वजनिक गरेको स्वास्थ्य सेवा केन्द्रका कमल १ का जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताउनु भयाे ।

कमल १ का वडा अध्यक्ष केदार कटवालले सम्पूर्ण टोल विकास संस्था, वडाबासीहरू लाई पूर्णखोप सुनिश्चिता र दिगोपनाको लागि यहि फागुन २० गते पूर्ण खोप सुदृढीकरण, सुनिश्चितता र दिगोपनाको लागि घरधुरी सर्वेक्षण गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक सहयोग प्रचारप्रसार र समन्वय गरिदिने निर्णय गरे बमोजिम सम्पुर्ण टोल विकासका प्रतिनिधी, महिला सामुदायिक स्वास्थ्य स्वम सेविका, सरोकारवालाहरु लगाएतका बृहत टोलिले गत फागुन २१ गते देखि चैत ११ गतेसम्ममा घरधुरी सर्बेक्षण गर्ने कार्य सम्पन्न गर्नु भएको थियो ।
घरधुरी सर्वेक्षणमा खोप लगाउन छुट भएका वा नियमित नलगाएका १० जना बालबालिकालाई चैत्र महिनाको १३ र १४ गते खोप दिलाइने निरीक्षक पराजुलीले जानकारी दिनु भयाे ।
नियमित खोपलाई प्रभावकारी बनाउन र कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नामावली सार्वजनिक गर्ने नयाँ अभ्यास सुरु गरेको पराजुलि ले बताउनु भयाे ।

घरधुरी सर्बेक्षणमा भेटिएका छुट बालबालिका हरुलाई खोप दिलाई १ नम्बर वडा लाई पुर्ण खाेप घोषण गरी प्रतिवेदन गाउँ पालिका पठाईनेछ ।
बालबालिका लाई लगाईने खोप रूपमा सुरक्षित हुनुका साथै
खोप निशुल्क पाईन्छ भने खोपले जीवन रक्षा समेत गर्ने भएकोले सबै बालबालिकालाई खाेप अनिवार्य लगाउनु पर्ने हुन्छ ।