logo
शुक्रबार, साउन २९ २०८३

सानो प्रयास युवा समाजको नयाँ कार्यसमिति चयन


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन १७ २०८१

दमक / यहाँ रहेको सानो प्रयास युवा समाजको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

दमक ५ मा रहेको दिपिनी आधारभुत विद्यालयमा संचालन भएको सो सभाको आतिथ्यता दमक वडा नं. ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

उक्त साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा छविलाल खतिवडा, उपाध्यक्षमा निश्चल राई, सचिवमा दिप ताजपुरिया, सहसचिवमा रोचक अधिकारी, सूर्य माया भुजेल, कोषध्यक्षमा यसोदा खतिवडा (काफ्ले) र सदस्यमा सुसन लिम्बु, सन्तोष गुरुङ्ग, तनुजा दुलाल, चम्पा ताजपुरिया, कृष्ण भण्डारी, मोनिका दंगाल, संयोग खतिवडा, बादल माझि, आविश्कार भट्टराई, सविन श्रेष्ठ, सूजन गौतम, सुरज धिमाल, दिपक तिवारी, कमल प्रसाद गैरे चयन  हुनुभएको  छ ।

यस संस्थाले विगत पाँच वर्षदेखि दमक नगरपालिका आसपास विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend