logo
शुक्रबार, साउन २९ २०८३

”प्रथम कमल एमाले कप” आजको खेलमा वडा नम्बर २ र ७ विजयी


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन ७ २०८१

कमल । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ”प्रथम कमल एमाले कप” आउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ ।

कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको हो ।

निर्धारित समयमा दुबै टिम बाट गोल रहित बरावर भएपछि ट्राई ब्रेकरमा वडा नम्वर २ विजयी भएको हो ।

त्यस्तै आज भएको दोश्रो खेलमा वडा नम्बर ४ लाई शुन्यका विरुद्ध ३ गोल गर्दै वडा नम्वर ७ विजयी भएको छ ।

भोलिको खेल वडा नम्वर १ र वडा नम्वर ३ बिच दिनको दुई बजे खेल हुने छ भने विजयी टिम संग अपरान्न ३ बजे वडा नम्वर ५ का विच खेलहुने आयोजकले जनाएको छ ।


प्रतियोगिता सफताको शुभकानम दिदै संविधान सभा सदस्य दिपक कार्किले नेकपा एमालेले रचनात्कम कार्यक्रम गर्दै युवाहरुलाई पार्टी संग जोड्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

प्रतियोगित उद्घाटनका समयमा नेकपा एमालेका केन्द्र, प्रदेश र पालिकाका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

नेकपा एमालेका पार्टी सदस्यले मात्र खेल्लन पाउने गरी सन्चालन गरिएको प्रचियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोश्रो हुने टिमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाउने छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार नगद सहित कप र प्रमाणपत्र पाउने छन् त्यस्तै वेस्ट स्ट्राइकर ,वेष्ट मिडफिल्डर, वेष्ट गोल किपर, वेस्ट डिफेन्डर र म्यान अफ द सिरजले नगद २ हजार रुपैयाँ सहित कप र प्रमाणपत्र पाउने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालले जानकारी दिनु भयो ।

नेकपा (एमाले), केन्द्रिय कमिटीले माघ, फागुन र चैत्र तीन महिना वडा केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । जरा अभियान अन्तर्गत बिभिन्न सङ्गठन निर्माणका साङ्गठनिक कार्यका अतिरिक्त एक रचनात्मक कार्य गर्न निर्देशन भए बमोजिम कमल गाउँ कमिटीले पहिलो पटक युवाहरू बिच रचनात्मक कार्य गर्न लागेको केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ इन्चार्ज दीपक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend